site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा सहचालकको मृत्यु, यात्रु सकुशल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महोत्तरी । लकडाउन जारी रहँदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस  दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ ।
 
काठमाडौँबाट उदयपुरका लागि छुटेको बा३ख ४०३६ नंको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका–३ पाटुमा आज बिहान दुर्घटना हुँदा बसकै सहचालक दोलखा जिल्लाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ  । घटनामा परी दोलखाको तामाकोशी–२ कै  २२ वर्षीय प्रदीप विश्वकर्मा घाइते भएका छन् । घाइतेको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । 

पाटुको मोडपर्ने ठाउँमा बस कोल्टिएर पल्टन लागेपछि ढोका खोलेर हाम फाल्ने क्रममा सहचालक बाबुरामको बसको हुडले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरको चौदण्डी नगरपालिकाले लकडाउनले काठमाडौँंमा अलपत्र परेका आफ्ना नगरका ३५ बासिन्दालाई ल्याउँदै गरेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परेपछि पाटुका बासिन्दाले सबै यात्रुको उद्धार गरेका थिए । यात्रु सबै सकुशल रहेका र अर्को साधन व्यवस्थापन गरी गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC