site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

काठमाडौं । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक नेपालीको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उक्त हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजीकार्यका लागि पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले सो शवको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खोजीकार्यका लागि आवश्यक इक्युपमेण्ट तथा नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित शुक्रबार सेनाको हेलिकोप्टरद्वारा घटनास्थलतर्फ गएको उद्धार टोलीले उक्त स्थानमा देखिएको धादिङका मेमबहादुर तामाङ (पोर्टर) को शव र फेला परेका तीन झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाइएको हो । 

हाल सो शवलाई  परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । साथै खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराइरहेका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा हिँउभित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा खोज तथा उद्धारमा खटिएको फौज सोही हेलिकोप्टरमार्फत पोखरा फिर्ता भएको छ । नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई निरन्तरता दिइरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि जानकारी गराइने जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०७:३१
प्रतिक्रिया दिनुहोस्