site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाका कारण १ लाख ९७ हजारको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार नाघेको छ । आज विहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८२ पुगेको छ । 

सबैभन्दा धेरै अमेरिकामा ५२ हजार १७६ ले ज्यान गुमाएका छन् । कोरोनाका कारण इटलीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ को मृत्यु भइसकेको छ । 

हाल १८ लाख ३२ हजार ३८९ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५८ हजार ५३१ को अवस्था गम्भीर रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०६:५४
प्रतिक्रिया दिनुहोस्