बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौं परिसरमा एसएसपी ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख १२, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ ।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र महाशाखाका एसएसपी सहकुल थापा डीआईजीमा बढुवा भएपछि दुवै ठाउँ रिक्त थियो । ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए । उनीहरु दुवै एकै व्याचका हुन् । स्रोतका अनुसार सरुवा गरिसकेको भए पनि पत्र भने आइसकेको छैन ।

ज्ञवाली प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीका भाइ हुन् । ज्ञवालीले यसअघि  रुपन्देही, सिरहाल लगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् भने थापाले चितवन लगायतअन्य क्षेत्रमा काम गरेका छन् । सुरक्षाका हिसाबले काठमाडौं परिसर र अपराध महाशाखा महत्त्वपूर्ण मानिन्छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्