बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

कैलाली । कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ ।

स्थापना गरिएको उक्त केन्द्रबाट सरोकारवालासँगै सर्वसाधारण सबैले आपत्कालीन सेवा, सूचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनले भने, “सेवा केन्द्र सबै ठाउँको तत्काल समन्वय गर्ने गरी सूचना, अप्ठ्यारा तथा गुनासा एकद्वार प्रणालीमार्फत रिपोर्ट गर्ने एउटा संयन्त्र हो ।”

कोरोना भाइरससँग सम्बन्धित प्रतिकार्य, उद्धार, समन्वय, उपचार तथा अन्य विषयमा कुनै सूचना, सुझाव, समस्या, गुनासो वा जानकारी भएमा निःशुल्क हटलाइन नं ११४८ मा सम्पर्क गर्न वा इमेल [email protected] मार्फत पत्राचार गर्न सरोकारवाला निकाय तथा सर्वसाधारण सबैमा अपिल गरिएको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्