site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक सोच !
Ghorahi CementGhorahi Cement

नेपाल भौतिकताको दृष्टिले गरिब मुलुक हो तर सनातन धर्म अन्तर्गतको हाम्रो सादा सरल जीवन शैली उत्कृष्ट छ । त्यही जीवन शैलीको उत्कृष्टताबारे आफु स्वयंले बुझ्ने र विश्वलाई बुझाउने बेला हो अहिले ।

हाम्रो परम्परागत संस्कार - नमस्कारको महत्व सिक्यो विश्वले । अन्य देशको तुलनामा हामी कहाँ आश्चर्यचकित रुपमा कोरोनाको कम प्रकोप देखिएको छ । हो समयमा आवश्यकीय प्रबन्ध गर्न चुकेको छ राज्यको संयन्त्र । ढिलै भए पनि जुर्मुराएको छ सम्पुर्ण मुलुक । गलत कामको आलोचना गर्नु पर्छ तर त्यो आलोचना आँखा खोल्ने नियतले, सुधार गर्ने नियतले हुनुपर्छ ।

Agni Group

मुलुकको वर्तमान राजनीति बेहाल, बेलगाम छ, नियम बनाउनेले नै नियम तोड्ने नियमित नियम छ । चरम भ्रष्टाचार छ, पैसाको मात्र होइन, पेशागत आचरणमा भ्रष्टता छाएको छ । दण्डहिनताले सीमा नाघेको छ । जनता रुष्ठ छन्, वाक्क छन् ।

तर हामीकहाँ अपेक्षाकृत रुपमा बढी धार्मिकता, आध्यात्मिकता, सरलता र सहनशिलता पनि त छ । अल्पसंख्यकहरुले बहुसंख्यक इमान्दार नेपालीहरुलाई अलमल्याई रहेका छन् । रिस र घृणा उत्पन्न गराई रहेका छन् ।

Global Ime bank

कोभिड १९ ले आक्रान्त पारेको छ विश्वलाई । अमेरिका, ईटाली, स्पेन, ईरानलगायत मुलुकको हालत खराब छ । मलाई लाग्छ, पश्चिमी मुलुकहरुमा कोरोनाको प्रकोप बढ्नुमा त्यहाँ प्रचलित स्वच्छन्दता र आध्यात्मिकताको लोप प्रमुख कारण हो । अरु धेरै कारण पनि होलान् । भौतिक विकाश मात्रले पुग्दैन रहेछ । स्वतन्त्रताको खुल्लापन भनौं वा छाडापनमा रमाएको संसारले भौतिक उन्नतिमा जोड गर्यो । प्रकृतिको दोहन गर्न तयार हुने, बहुजन हितायको साटो स्वहितमा बढी केन्द्रित भयो । पारिवारीक महत्वलाई बिर्सिइयो ।

भौतिकताको दृष्टिले हामी गरीब मुलुकका बासिन्दा हौं तर सनातन धर्म अन्तर्गतको हाम्रो सादा सरल जीवन शैली उत्कृष्ट छ । 

हाम्रो सनातन धर्म र आध्यात्मभित्र अन्तरनिहीत जीवन शैलीको उत्कृष्टताबारे आफु स्वयंले बुझ्ने र विश्वलाई बुझाउने बेला हो अहिले । 

लकडाउन र सामाजिक दुरी कायम गरौं र नसक्नेलाइ सक्दो सहयोग गरौं । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC