site stats
बाह्रखरी :: Baahrakhari
देश
एउटै विमानबाट आएका थिए दोस्रो, पाँचौं र छैटौं कोरोना संक्रमित

काठमाडौं । दोस्रो, पाँचौं र छैठौँ कोरोना संक्रमित एउटै विमानबाट नेपाल आएको पाइएको छ ।

गत चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका दोस्रो, पाँचौं र छैठौ कोरोना संक्रमित आएको पाइएको हो  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैठौं, पाँचौ संक्रमित र दोस्रो कोरोना संक्रमित नेपाल आएको विमान एउटै रहेको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गएिको परीक्षणमा  थप एकजना कोरोना संक्रमितसहित नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएको बताए । 

“गत चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी महिला हुनुहुन्छ,”  उनले भने “ उहाँ बाग्लुङकी हुनुहुन्छ ।” 

उनीहरु तीनैजना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए ।

त्यसैगरी, पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपालकी बाग्लुङ्की हुन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी हुन् । 

पाँचौं संक्रमित गत शनिबार मन्त्रालयले कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने चैत १० गते सोमबार जानकारी दिएको थियो । काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन् । 

हालसम्म ६ जनामा कोरोना संक्रमण देखिए पनि एकजना कोरोना निको भएर घर गएका छन् भने अन्य ५ जना अस्पतालमा उपचारत छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्