site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमितको पुनः परीक्षण हुँदै

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितहरूको मंगलबार पुनःकोरोना परीक्षण गर्ने तयारी भएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उपचाररत दुवै कोरोना संक्रमितको मंगलबारै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि नमुना पठाउने तयारी रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज बेलुकासम्ममा दुवै जनाको पुनः कोरोना परीक्षणका लागि नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी छ,” उनले भने, “दुवै कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

गत चैत्र ४ मा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र युएईबाट चैत ६ मा काठमाडौं आएका धादिङका ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालको आइसोलेनमा उपचाररत छन् । उनीहरू दोस्रो र तेस्रो कोरोना संक्रमित हुन् ।

नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक अस्पतालमा उपचारपछि निको भएका छन् भने अन्य दुई जना धनगढीको सेती प्रादेशिक अस्पताल र धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको आशंकामा हालसम्म ९ सय ९३ जनाको परीक्षण भएको जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:०९
प्रतिक्रिया दिनुहोस्