site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोनाबाट स्पेनमा २४ घण्टामा ८३८ को मृत्यु, संक्रमितको संख्या ७८ हजार ७९७

मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । 

स्पेनमा पछिल्लो २४ घण्टाको अवधिमा ८३८ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रलायले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५२८ पुगेको छ । 

त्यसैगरी संक्रमितको संख्या ७२ हजार २४८ बाट बढेर ७८ हजार ७९७ पुगेको छ । 

हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । 

सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएको चिनियाँ सञ्‍चामाध्यमले जनाएको छ । - बीबीसी 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:४४
प्रतिक्रिया दिनुहोस्