site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
भारतमा कोरोना संक्रमित २५ जनाको मृत्यु, संक्रमितको संख्या ९७९

नयाँदिल्ली । भारतमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना संक्रमितको संख्या ९७९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतको महाराष्ट्रमा सबभन्दा धेरै १८६ कोरोना संक्रमित भेटिएका छन् भने केरलामा १८२ संक्रमित भेटिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ भने कामको सिलसिलामा भारतका विभिन्‍न ठाउँमा पुगेकाहरु घर फर्किने क्रम पनि जारी छ । 

विश्‍वभर कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजारभन्दा बढी पुगेको छ भने करिब ३० हजारको मृत्यु भएको छ । हालसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने इटालीमा ९२ हजार, चीनमा ८२ हजार र स्पेनमा ७३ हजार कोरोना संक्रमित फेला परेका छन् । डीएनए

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्