site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
लकडाउनका समयमा घरेलु हिंसाका घटना बढ्‌नसक्ने राष्ट्र संघको चेतावनी 

न्युयोर्क । संयुक्त राष्ट्र संघले लकडाउनका समयमा घरेलु हिंसाका घटनारु बढ्नसक्‍ने चेतावनी दिएको छ । 

नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका विभिन्‍न मुलुकहरुले लामो समयका लागि लकडाउन र घरबाहिर निस्किन प्रतिबन्ध लगाएका बेला घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने चेतावनी दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्र संघका महिलाविरुद्धको हिंसाका विशेष प्रतिनिधि डुबराभका सिमोनोभिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, "प्रारम्भिक प्रहरी सुझाव र हटलाइन रिपोर्टका अनुसार लकडाउनका समयमा घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने देखिन्छ ।" 

"धेरै महिला र बालबालिकाका लागि घर नै दुर्व्यवहार र त्रासको क्षेत्र बन्‍नसक्छ । कोभिड-१९ को महामारी रोक्‍न लकडाउन र प्रतिबन्धहरु लगाइएका बेला मानिसहरु आइसोलेसनमा रहने भएकाले दुर्व्यवहार बढ्‍न सक्छन्," विज्ञप्तिमा भनिएको छ, "अधिकांश केसहरुमा 'नजिकको साथी'को मृत्युका घटनाहरु पनि बढ्‌न सक्छन् ।"

पीडितका लागि सहयोग गर्ने संस्थाहरु पनि अहिले लकडाउनमा भएका कारण यस्ता घटनाको जोखिम उच्च हुने सिमोनोभिकले बताएकी छन् । "समुदायको सहयोग कम, प्रहरीको सक्रियता कम र अधिकांश अदालतहरु बन्‍द हुने भएकाले न्यायको पहुँच कम हुन्छ," उनले भनिन् ।

त्यसकारण, घरेलु हिंसाका घटनाहरु बढ्‍ने भएका कारण आपतकालीन उपायहरु अपनाउन आवश्यक भएको उनले सुझाइन् । - सीएनएन

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १८:४९
प्रतिक्रिया दिनुहोस्