site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी निकायले अत्यावश्यक वस्तु ‘होम डेलिभरी’ गर्नुपर्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । केही सरकारी निकाय, निजी क्षेत्रका ठूला खाद्य स्टोर र तथा अनलाइन सपिङले अत्यावश्यक वस्तु होम डेलिभरी गर्नुपर्ने भएको छ । उपभोक्तामा उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती निकायलाई भ्यानमार्फत् घरघरमै उपभोग्य वस्तु उपलब्ध गराउन निर्देशन दिएको हो ।

आपूर्ति सहज बनाउने उद्देश्यले बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको संयोजकत्वमा बसेको वैठकले उपभोग्य वस्तुको आपूर्तिसँग सम्बन्धित सरकारी संस्थाहरु तथा निजी क्षेत्रका ठूला खाद्य स्टोर तथा पसलहरुले आफ्नो क्षेत्रभित्र मोवाइल भ्यानमार्फत होम डेलिभरी गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन तथा भाटभटेनी, बिगमार्टलगायत चेन स्टोरले यस्तो सेवा दिनुपर्नेछ ।

Agni Group

यसैगरी अत्यावश्यक वस्तु तथा सेवाको अनलाइनमार्फत आपूर्तिमा संलग्न कम्पनीले पनि मागका आधारमा होम डेलिभरी गर्ने कार्यलाई सुचारु राख्नुपर्नेछ ।

मन्त्रालयले आपूर्ति गर्ने वस्तु तथा सेवाको एवम् संलग्न जनशक्तिको स्वास्थ्य तथा सुरक्षासम्बन्धि मापदण्ड पुरा गर्नुपर्नेछ ।
 
निम्न वस्तु तथा सेवा नियमित हुने, आवगमनको प्रबन्ध गृहले गर्ने

Global Ime bank

केही वस्तु तथा सेवाको बिक्रीवितरण नियमित गर्ने पनि निर्णय गरेको छ । यस्ता वस्तु तथा सेवा उत्पादन तथा बिक्रीवतरण गर्ने उद्योग र थोक तथा खुद्रा पसल खोल्नुपर्ने निर्देशन मन्त्रालयले गरेको हो ।

ती उत्यावश्यक उपभोग्य वस्तुहरु औषधी तथा औषधीजन्य वस्तु र स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा ढुग्धजन्य पदार्थ, पानी, सरसफाइका वस्तु, चिनी, तेल, पशुपन्छीजन्य आहार, इन्धनजस्ता वस्तु रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयलका अनुसार यस्ता वस्तु र तिनको कच्चापर्दाथको ढुवानीमा संलग्न सवारी साधनलाई बजारसम्म वा बजारबाट आफ्नो गन्तव्यसम्म जान दिने अनुमति गृह मन्त्रालयले दिनेछ ।

यसैगरी दैनिक उपभोगका लागि नभई नहुने सामाग्रीको उद्योग, उत्पादक, थोक तथा खुद्रा बिक्रेता र व्यावसायिक छाता संगठनहरुले स्थानीय प्रशासनसँगको समन्वयमा उत्पादन र आपूर्ति सूचारु राख्नुपर्नेछ । ती उद्योग तथा बिक्रेता खाद्यान्न, तरकारी, फलफूल, मासु, ढुध तथा ढुघधजन्य पदार्थ, पानी, साबुन लगायतका सरसफाइका वस्तुहरु, चिनी, तेल, शिशु आहार, पशुपञ्छीजन्य आहारलगायतका अत्यावश्यक वस्तुसँग सम्बन्धित हुनुपर्नेछ ।

मन्त्रालयले औषधि तथा औषधिजन्य वस्तु (स्यानिटाइजर, मास्क, वेवी डाइपर, स्यानिटरी प्याड लगायतका) को उत्पादन र आपूर्तिलाई कहिल्लै नटुटाउने निर्देशन दिएको छ ।

वैठकले ती उद्योगलाई न्यूनतम कर्मचारी, साधानको व्यवस्था गरी आपूर्ति नटुटाउन भनेको हो ।

यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ट्रान्जिट तथा नेपाल आउने क्रममा विभिन्न स्थानमा रोकिएर रहेका अत्यावश्यक वस्तु र कच्चा पदार्थहरु बिनाअवरोध नेपाल ल्याउने व्यवस्था मिलाउने भएको छ ।

मन्त्री भट्टको संयोजकत्वमा राज्यमन्त्री तथा मन्त्रालयका सचिवहरुसहित गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उपत्यकाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका पदाधिकारीहरु, सरकारी संस्थका प्रमुखहरु र निजी क्षेत्रका छाता संगठनहरु तथा उपभोक्ताकर्मीसहितको उपस्थितिमा वैठक बसेको हो । 

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न हाल गरिरहेको लकडाउनको अवस्थामा अत्यावश्यकीय वस्तु तथा सेवाहरुको उत्पादन र आपूर्तिलाई व्यवस्थित र सहज बनाउन वैठक बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC