site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
मलेसियामा कोरोना संक्रमित थप एकको मृत्यु, १७ सय ९६ संक्रमित

क्‍वालालम्पुर । मलेसियामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

स्वास्थ्य महानिर्देशक नुर हिसाम अब्दुल्लाहले बुधबार ६६ वर्षीय एक वृद्धको मृत्युको कारण नोभेल कोरोना भाइरस भएको बताएका छन् । उनले ती वृद्ध पहिलेदेखि अन्य स्वास्थ्य समस्याबाटसमेत ग्रसित भएको बताइएको  छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"एक साताअघि ती बिरामीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि मार्च २० मा उनलाई जोहोरको मउरस्थित सुल्तानाह फतिमह विशेष अस्पतालमा भर्ना गरिएको थियो । जब ती बिरामी अस्पतालको इमरजेन्सीमा भर्ना भए, त्यसबेलादेखि नै उनको स्वास्थ्य अवस्था गम्भीर थियो । त्यही दिनदेखि उनलाई अक्सिजन लगाइएको थियो," उनले फेसबुक पेजमा लेखेका छन् ।

मार्च २१ मा ती बिरामीमा कोभिड-१९ भएको पुष्टि गरिएको थियो । "उनको स्वास्थ्य अवस्था दैनिक नाजुक बन्दै गएको थियो । र बुधबार बिहान ४ बजेर १० मिनेटमा उनलाई मृत्यु घोषणा गरिएको थियो," अस्पतालका चिकित्सक डा. हिसामले भने ।

उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्‍ने खोजी भइरहेको बताइएको छ । मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने करिब १८ सयलाई संक्रमण भएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्