site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
विश्वभरका चार लाखमध्ये एक लाखभन्दा बढी कोरोना संक्रमित उपचार
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसबाट विश्वभर चार लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने करिब १९ हजार मानिसको मृत्यु भइसहेको छ ।

विश्वभरका १९७ मुलुकमा फैलिइसकेको यस भाइरसको संक्रमणबाट १० मुलुक बढी प्रभावित भएका छन् । कोरोना भाइरस सुरु भएको चीनमा अहिले संक्रमणको दर भने निकै कम भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर कोरोना संक्रमितमध्ये एक लाख ९ हजार १०२ जनाको उपचारपछि घर पठाइएको वर्ल्ड मिटरको तथ्यांकले देखाएको छ । 

चीनको हुबेइ प्रान्तबाट सुरु भएको भाइरसले सबभन्दा बढी वुहानलाई संकटमा पारेको थियो । चीन सरकारले जनवरी २३ देखि नै वुहानलाई लकडाउनको घोषणा गरेको थियो । वुहानमा अप्रिल ८ मा लकडाउन खोल्ने घोषणा गरिएको  छ । वुहानबाहेक हुबेइका अन्य सहरहरुमा भने आजदेखि लकडाउन खुला गरिएको छ । 

Global Ime bank

सामाजिक दूरी कम गर्नुका साथै उच्च परीक्षण र उपचार प्रणालीका कारण चीनले कोरोनाको संक्रमण नियन्त्रणमा सफलता हात पार्न सकेको हो । मंगलबार चीनमा ४७ नयाँ संक्रमित भेटिएका थिए भने चार जनाको मृत्यु भएको थियो । 

चीनमा हाल मृत्यु हुनेको संखया तीन हजार २८१ पुगेको छ भने ८१ हजार २१८ संक्रमितमध्ये ७३ हजार ६५० को उपचार गरिएको छ । पछिल्लो कोरोना इपिसेन्टर युरोपको इटाली बनेको छ । इटालीमा ६९ हजार १७६ संक्रमितमध्ये ६ हजार ८२० जनाको मृत्यु भएको छ भने ८ हजार ३२६ को उपचार गरिएको छ । 

त्यसैगरी संक्रमित मुलुकको सूचीको तेस्रो नम्बरमा रहेको अमेरिकामा करिब ५५ हजार संक्रमित छन् भने ७८२ को मृत्यु भइसकेको छ । संक्रमितमध्ये ३७८ को उपचार गरिएको छ । स्पेनमा संक्रमितको संख्या ४२ हजार पुगेकोमा दुई हजार ९९१ को मृत्यु भएको छ भने तीन हजार ७९४ जनाको उपचार गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC