Skip Advt.

महामारीमा रजनीकान्तको ५० लाख सहयोग

महामारीमा रजनीकान्तको ५० लाख सहयोग

कोरोनाको चपेटामा परिरहेका आफ्ना जनताको सहयोगमा विश्वका सबै मुलुक कोष बनाएर अघिबढिरहेका छन् । आआफ्नो क्षेत्रका मानिसको सहयोगमा जुट्ने मध्येमा दक्षिण भारतका चर्चित कलाकार रजनीकान्त पनि परेका छन् । विशेषतः मनोरञ्जन क्षेत्रमा काम गर्ने मजदुरहरूका लागि उनले भारु ५० लाख सहयोग प्रदान गरेका छन् । फिल्म इम्प्लाइज फेडरेसन अफ साउथ इन्डिया युनियनका कामदारहरूका लािग उनले यो सहयोग प्रदान गरेका हुन् ।

अहिले चलचित्र निर्माणदेखि हरेक काम ठप्प भइरहेकाले यस क्षेत्रमा ज्यालादारीको हिसाबमा काम गर्ने मजदुरहरू निकै मारमा परिरहेका छन् । यस कुरालाई मध्यनजर गर्दै युनियनले उनीहरूलाई राहत वितरण गर्ने निर्णय लिएको हो ।
रजनीकान्तका साथै बलिउडका कलाकार रोनम कपुर, जावेद अख्तर, मधुर भण्डाकर, सन्जय गुप्ता, विवेक अग्निहोत्री लगायतले पनि सहयोग गरेका छन् । (नवभारत टाइम्स)
 

प्रतिकृया दिनुहोस
ad