site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोना सङ्क्रमणविरुद्ध कोष खोल्न कडाइ, सरकारी कोषमा मात्रै सहयोग गर्न अपिल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले कोरोना सङ्क्रमणसम्बन्धी कोषमा कडाइ गरेको छ । नेपाल सरकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न कोष खडा गरेकाले त्यही कोषमा मात्रै रकम दाखिला गर्न सबैलाई आह्वान गरेको हो ।

“सरकारले नै कोरोना सङ्क्रमण रोक्न कोष खडा गरिसकेकाले अब अरू सङ्घ-संस्थाले यही कोषमा रकम जम्मा गर्नु राम्रो हुन्छ । कदाचित् सङ्घ–संस्थाले कोष खडा गसिक्नुभएको छ भने आफू मातहतका सदस्य, पदाधिकारीको मात्रै रकम जम्मा गर्न अनुरोध गरिएको छ,” सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तो रकम प्रत्येक साता सरकारको कोषमा दाखिला गर्नुपर्ने खतिवडाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:३२
प्रतिक्रिया दिनुहोस्