site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
इन्टरनेटमा ट्राफिक कम गर्न नेटफ्लिक्स र युट्युबले भिडियोको गुणस्तर घटाउँदै 

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाका कारण अहिले धेरै देशहरुमा नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन निषेध गरिएको छ । 

यस्तोमा युट्युब, नेट्फ्लिक्स लगायत भिडियो स्ट्रिमिङ साइटहरुको अत्याधिक प्रयोग भइरहेको हुँदा इन्टरनेट कनेक्सनमा समस्या आउन नदिन भिडियोको गुणस्तर घटाइदिने भनिएको छ । 

शुक्रबारदेखि नै युरोपेली संघ र बेलायतमा यो नयाँ नीति लागू गरिने बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोना लकडाउनको समयमा अधिकांश अफिसहरु बन्द हुँदा हजारौँ कर्मचारीहरुले घरैबाट काम गर्नुपर्ने भएकाले पनि इन्टरनेट अति महत्वपूर्ण बनेको छ भने बालबालिका र युवाहरुका लागि घरमा समय बिताउने एक मात्र माध्यम इन्टरनेट नै हो ।

यो नयाँ नियम युरोपेली युनियन र बेलायतमा आगामी तीस दिनसम्म लागू हुने बताइएको छ । यसमा इन्टरनेट सिस्टममा धेरै भार नपार्न सरकारसँग सहकार्य गरि संकटको क्षणमा राम्रो सेवा दिलाउन सक्दो प्रयास गर्ने युट्युबले बताएको हो । 

यता नेट्फ्लिक्सले पनि अर्को महिनासम्मका लागि भिडियोको गुणस्तर कम गराउने जानकारी दिएको छ । यसले युरोपेली नेटवर्कको ट्राफिक २५ प्रतिशतले कम गराउने अपेक्षा गरिएको हो । 

यसअघि युरोपेली संघका अधिकारीहरुले नेट्फ्लििक्सलाई आफ्ना प्रयोगकर्ताहरुसँग कम क्वालिटीमा भिडियो हेर्न अनुरोध गर्न भनेको थियो । 

एचडी भिडियोले इन्टरनेट नराम्ररी प्रभावित हुन सक्ने हुँदा यसबाट बचाउनका लागि यस्तो तरिका अपनाउन लागिएको हो । 

नेट्फ्लिक्सका कूल ४ करोड ५० लाख भन्दा धेरै ग्राहक रहेको हुँदा यसका कार्यकारी प्रमुख रिड हेस्टिङ्सले बुधबार यस्तो घोषणा गरेका हुन् ।  सीएनएन 
 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०६:२७
प्रतिक्रिया दिनुहोस्