site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री तंग्रिदै, देश रोगले थलिँदै
Ghorahi CementGhorahi Cement

प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार दोस्रोपल्ट मिर्गौला (किड्नी) फेरिएको छ र हाल प्रधानमन्त्री क्रमशः स्वास्थ्यलाभ गर्दै काममा फर्कने तयारीमा छन् भने देशलाई कोरोना भाइरसको संन्त्रासले च्याप्दै लगेको छ । गएको साताका मुख्य दैनिक पत्रिकाका समाचार प्रधानमन्त्रीको स्वास्थ्य र देशको स्वास्थ्यको विषयमा ज्यादा केन्द्रित देखिए । 

गत साता सोमवारका सबै पत्रिकाले प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई प्रमुख समाचार बनाए । कान्तिपुरले प्रधानमन्त्रीलाई मिर्गौला दान दिने नाताले भान्जी पर्ने ३२ वर्षीया महिला रहेको खुलासा गर्‍यो । प्रधानमन्त्रीले आइतवार ती महिलाको परिचय सचिवालयमा गराएको पनि सो पत्रिकाले लेखेको छ । अन्य दैनिकले पनि सो समाचारलाई महत्त्वका साथ प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीको शल्यक्रिया हुने समाचारलाई प्रथम पृष्ठको तल्लो खण्डमा प्रकाशित गरेर समाचारलाई महत्त्व अनुरुप न्याय गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भिडिओ सन्देशमार्फत दिएको सन्देशमा आफू देशलाई अलपत्र पारेर अलप नहुने र आफ्नो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा सार्थक पार्न मिर्गौला प्रत्यारोपण गर्न जान लागेको बताए । यो समाचारलाई मंगलवारको गोरखापत्रले सबैभन्दा महत्त्व दिँदै प्रधानमन्त्री अस्पताल भर्ना हुन जानुअघिको तस्बिरसहित प्रकाशित गर्‍यो । कान्तिपुरले यो समाचारलाई पूछारमा राख्यो भने नयाँ पत्रिकाले माथि सार्‍यो । 

Agni Group

बिहीवारका दैनिक पत्रिका प्रधानमन्त्रीको मिर्गौला सफल प्रत्यारोपणको समाचारले ढाकिए । राजधानीले सात कोलममा समाचार प्रकाशित गर्दै यो सफल शल्यक्रियाले देशभर खुसी फैलिएको समाचार दियो । प्रधानमन्त्रीको नयाँ मिर्गौलालो काम गर्न थालेको र प्रधानमन्त्री होसमा आएको कुरालाई पत्रिकाले महत्त्व दिए । गोरखापत्रले पनि उत्तिकै महत्त्व दिँदै सोमबारसम्म प्रधानमन्त्री डिस्चार्ज हुनसक्ने समाचार प्रकाशित गर्‍यो ।

कान्तिपुरले आठ कोलममा समाचार बनायो भने अन्नपूर्ण पोस्टले ७ कोलममा र नयाँ पत्रिकाले साढे ६ कोलममा समाचार प्रकाशित ग¥यो । नागरिकले सो दिन यस समाचारलाई चार कोलममा दिन उचित ठान्यो । शुक्रवारका पत्रिकाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षकृत सुधार भएको समाचार प्रकाशित गरे । शनिवार प्रधानमन्त्रीले खाना खान थालेको र आफू चाँडै काममा फर्कन्छु भनेको समाचार आयो । गोरखापत्रले काममा आउने कुरालाई महत्त्व दियो, नागरिकले हिँड्न थालेको समाचार दुई कोलममा माथि राख्यो, नयाँ पत्रिकाले फिजियोथेरापी हुन थालेको एक कोलमको समाचार बनायो भने राजधानीले दुई कोलममा चिकित्सकसँग ठट्टा गरेको समाचार प्रकाशित गर्‍यो । 
आइतवार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै चीनका राष्ट्रपति सी चिनफिङको स्वास्थ्यलाभको कामनाको समाचारले महत्त्व पायो । सरकारी दैनिक गोरखापत्रले यस विषयलाई स्वभाविकरुपमा महत्त्व दियो । अन्य दैनिकमा राजधानी र अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको स्वास्थ्य र सीको सन्देशलाई प्रथम पृष्ठमा स्थान दिए । 

Global Ime bank

कोरोनाको सन्त्रास

प्रधानमन्त्रीको स्वास्थ्यसँगसँगै नेपालमा कोरोना भाइरसको त्रास, यसका लागि लिइएका कदमआदि विषयलाई गत साताका पत्रिकाले महत्त्व दिए । गएको सोमवार गोरखापत्रले कोरोनाभाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाइएको र नियन्त्रणका लागि तीन योजना बनाइएको समाचार प्रकाशित ग¥यो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उद्धृत गरेर सरकारले गरेको तयारीको विषयमा समाचार केन्द्रित थियो । 

मंगलवारको राजधानीले प्रकाशित गरेको समाचारअनुसार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीले कोरोनाको संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान स्थगित गर्न आदेश दिएको समाचार प्रकाशित गर्‍यो । 

बुधवार अन्नपूर्ण पोस्टले कोरोनाको त्रास सर्वत्र फैलिएको उद्घोष गर्दै समाचार दियो । पाँच कोलममा मुख्य समाचार बनाउँदै देशमा औषधि सकिन थालेको र कार्यक्रमहरू बिथोलिएको पनि पोस्टले समाचारमा महत्त्वका साथ प्रकाशित गर्‍यो । सोही दिनको नयाँ पत्रिकाले सरकारले कक्षा नौसम्मको परीक्षा पाँच चैतभित्र सक्न आग्रह गरेको समाचारलाई तीन कोलममा दियो । गोरखापत्रले भने ७७ देशमा कोरोनाको प्रभाव देखिए पनि नेपालमा नदेखिएको समाचार चार कोलममा दियो । कान्तिपुरले पनि शंका लागेका चार व्यक्तिमा कोरोना नदेखिएको समाचारलाई महत्त्वका साथ स्थान दियो । नागरिकले एक कोलममा सीमा नाकामा उच्च सतर्कता अपनाइएको थाहा दियो । 

अन्नपूर्ण पोस्टले बिहीवार अलि फरक समाचार दियो । एक कोलममा भए पनि अत्यावश्यक वस्तु पर्याप्त भएको जानकारी प्रकाशित गर्‍यो । कोरोनाको त्रासको समाचारलाई नागरिकले बिहीवार उठायो । सो दैनिकमा बालकृष्ण ज्ञवालीले अर्थतन्त्रमा यसको ठूलो प्रभाव पर्ने र यो समस्या लम्मिए आर्थिक वृद्धिदर पाँच प्रतिशतबाट पनि ओरालो लाग्नसक्ने अनुमान लगाए । गोरखापत्रले सोही दिन कोरोना विरुद्ध खोपको परीक्षण भएको समाचारलाई प्रथम पृष्ठको एन्कर समाचार बनायो । 

शुक्रवारको कान्तिपुरले चिनियाँहरूको संलग्नतामा चलिरहेका तथा चीनबाट सामान आयात गरिनुपर्ने कतिपय आयोजना अन्योलमा रहेको र यसले विकास तथा निर्माण कार्यमा असर परेको समाचारलाई मुख्य समाचार बनायो । साथै नेपालमा विदेशी खेलाडीको समेत संलग्नतामा हुने एभरेस्ट प्रिमिएर लिग प्रतियोगिता स्थगित भएको समाचार दियो । गोरखापत्रमा सरकारका प्रवक्ता युवराज खतिवडाले मुख्य मार्ग र सीमामा कडा सुरक्षा जाँच भइरहेको भनेर दिएको सूचना मन्त्रीको ठूलो तस्बिरसहित प्रकाशित भयो । राजधानीले मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक लगाएको तथा भारतले २६ प्रकारका औषधि आयातमा रोक लगाएको समाचारलाई पाँच कोलममा प्रकाशित गर्‍यो । अन्नपूर्ण पोस्टमा विनय बञ्जाराले पनि कोरोनाको कारण अर्थतन्त्र चक्रव्यूहमा परेको समाचार लेखे ।

शनिवार नयाँ पत्रिकाले संसद्मा कोरोनाको विषयमा बहस भएको समाचारलाई महत्त्व दियो । एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्रमा कोरोनाको कारण चार अर्बसम्म क्षति हुनसक्छ भनेर गरेको प्रक्षेपणलाई पनि नयाँ पत्रिकाका जनार्दन बरालले समाचार बनाए । नागरिकले विदेश जानेको संख्या ७५ प्रतिशतले कम भएको समाचार दियो भने गोरखापत्रले बजारमा अत्यावश्क वस्तुको अभाव हुँदैन भन्ने समाचारलाई पाँच कोलममा प्रकाशित गर्‍यो । 

आइतवारको अन्नपूर्ण पोस्टमा राजेश बर्माले तयार गरेको समाचारअनुसार बजारबाट ग्यास गायब भएको छ र यसबाट मजदुर तथा विद्यार्थी मर्कामा परेका छन् । नागरिकमा दिलिप पौडेलले कोरोनाको बहानामा कालोबजारी भएको समाचार संप्रेषण गरेका छन् जुन समाचारलाई नागरिकले पाँच कोलमको मुख्य समाचार बनाएको छ ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC