राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
संसदको अर्को बैठक शनिबार ११ बजे बस्ने गरी सभामुख अग्नि सापकोटाले स्थगन भएको घोषणा गरे । क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो ।
आज केपी ओली नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्रीको सो सम्बोधनको कार्यसूची भोलिका लागि सरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६ १४:१४
प्रतिक्रिया दिनुहोस्