site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै विद्यालयमा ४४  अक्षयकोष
Sarbottam CementSarbottam Cement

चितवन । रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४  अक्षयकोष स्थापना भएका छन् । विद्यालयको  समग्र शैक्षिक उन्नयनका लागि ४४  शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब रु आठ लाख बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् ।  

रामपुर नगरपालिका भित्र एकै पटक धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको  समग्र शैक्षिक गुणस्तर माथि उठाउन र विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोष दाता तथा रामपुर नगरपालिका–४ का अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्व मातापिता तथा सासू ससुरा एवं सानीआमाको सम्झनामा ‘दल्लीमाया गङ्गाबहादुर चित्रा तेजबहादुर सुमित्रा लालुमाया सार्की’ स्मृति अक्षयकोष स्थापना गरी रु ५० हजार ५०१ एक रकम सहयोग गरेका छन् ।

 विद्यार्थीको सिङ्गो जीवनसँग आर्थिक जोडिने भएको हुँदा विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक गुणस्तर उपलब्धिमा सहयोग पुग्ने प्रधानाध्यापक सोमबहादुर सेनले बताए । 

Global Ime bank

“आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ, उनीहरुका लागि विद्यालयको प्रशस्त आयस्रोत नहुँदा विभिन्न व्यक्तिसँग समन्वय गरेर सानो सानो सहयोग भइरहेको थियो, अब विद्यालयमा नै यति धेरै अक्षयकोष स्थापना भएपछि शिक्षणमा ठूलो राहत मिलेको छ”, उनले भने ।
   
विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए । 

अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी भएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक सङ्घले अक्षयकोष अभियान गाउँगाउँमा चलाएपछि स्वतःफूर्त रुपमा खुशी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरेको शिक्षक रामबहादुर रानाले बताए ।

भौतिक पूर्वाधारमा झट्ट विकास नहुँदा विद्यालय सहयोगमा कसैको चासो थिएन । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, गाउँवासी जुटेर विभिन्न सङ्घ संस्था, जापानी संस्थासँग समन्वय र सहकार्य गरी अहिले पूर्वाधारमा अगाडि बढेको छ । 

सो विद्यालय रामपुर नगरपालिकाको केन्द्र नजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तै थियो । पछिल्लो समय विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ ।  विद्यालयमा रु पाँच हजारदेखि ५० हजारसम्मका अक्षयकोष स्थापना भएका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC