site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सभामुखमा सापकोटा र राजनीतिमा नैतिकता
Sarbottam CementSarbottam Cement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अग्निप्रसाद सापकोटा माघ १२ गते आइतवार संघीय संसद्को सभामुख हुँदैछन् । उनलाई सभामुख बनाउने क्रममा धेरै राजनीतिक सन्तुलन हल्लिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका निकै नजिकका मानिने सापकोटा सभामुखको पदमा नेकपाको सर्वसम्मत उम्मेदवार बन्नुले नेकपाभित्रकै शक्ति सन्तुलनमा निकै हलचल ल्याएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको मुद्दा लागेसँगै रिक्त रहेको सभामुख पदमा पुरानो एमालेका नेतालाई विराजमान गराउने वा पुरानो माओवादीलाई दिने भन्ने विषयमा निकै लामो तानतान चल्यो । नेकपाको नौ सदस्यीय शक्तिशाली सचिवालयमा प्रधानमन्त्री तथा दलका अध्यक्ष केपी शर्मा ओलीको शक्ति क्षीण बनाउँदै अन्ततः सापकोटाको नाममा सहमति भयो । 

यस विषयमा कान्तिपुरले गत सोमवारको अंकमा आठ कोलमको शीर्षक बनायो, ‘सभामुख उम्मेदवारी : नेकपामा फेरिएको समीकरण ।” उक्त समाचारमा दुर्गा खनाल लेख्छन् – ‘डेढ वर्ष यता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदैआएका थिए । तर, प्रम सापकोटालाई सभामुख पद सुम्पन तयार सहमत भए ।’ कान्तिपुर अगाडि लेख्छ, यो निर्णयको सन्देश भनेको ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’ पूर्व एमालेकै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले कार्यकारी अध्यक्ष दाहाललाई साथ दिएपछि ओली कमजोर बनेका हुन् । ओलीले टाउको गनेर आफूमाथि दबाब दिन खोजेको भन्दै आपत्ति प्रकट गरे पनि अन्ततः टाउकोको गिन्तीले नै प्रम ओलीलाई गलायो । 

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुरले सापकोटा प्रस्तावित भएको विषयलाई प्रम ओलीको शक्ति कमजोर भएको रुपमा व्याख्या ग¥यो भने नागरिकले सभामुखमा सापकोटाको प्रस्तावलाई मानव अधिकार र नैतिकताको दृष्टिकोणबाट प्रस्तुत ग¥यो । नागरिकले निकै सशक्त शीर्षक राख्यो – ‘‘हत्या आरोपित’ सापकोटा सभामुख प्रस्तावित ।’ नागरिकमा भाषा शर्मा लेख्छिन् – ‘नपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको रिक्त सभामुखमा ज्यान मुद्दामा किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ । सापकोटाविरुद्ध १० वर्ष अघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो ।’ समाचारअनुसार उक्त ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरीसँगै द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । सो समाचारमा जोहरीपछि के के भयो भन्ने विवरण पनि राखिएको छ । 

सोही दिनको अन्नपूर्ण पोस्टको शीर्षकले ओलीको शक्ति क्षीण भएकोमा कान्तिपुर जत्तिकै ठूलो खुसी नजनाए पनि सोही लाइनमा समाचार लेखेको छ । ‘अन्ततः पूर्वमाओवादीलाई सभामुख’ शीर्षकको समाचारमा रामकृष्ण अधिकारी लेख्छन् – ‘पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको संयुक्त प्रस्तावमा सापकोटालाई सचिवालय बैठकले सर्वसम्मतिमा सभामुख उम्मेदवार बनाउने निर्णय लिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।’

Global Ime bank

नयाँ पत्रिकाले यो समाचारलाई ठूलो स्थान दिएन । तथापि नेकपाभित्र प्रतिपक्षको भूमिका बढेको सूचकका रुपमा नयाँ पत्रिकाले प्रथम पृष्ठमा नै वरिष्ठ नेता झलनाथ खनालको अन्तर्वार्ता प्रकाशित गरेको छ । खनालले सो अन्तर्वार्तामा सभामुखमा दलले सन्तुलित निर्णय गरेको बताएका छन् । सोमवारका राजधानी तथा गोरखापत्रले सापकोटा सभामुखको उम्मेदवार बन्ने समाचारलाई कुनै धारणा नबनाई सिधा प्रस्तुत गरेका छन् । 

भ्रमण वर्षलाई प्रभावित पार्ने दुर्घटना

गत सोमवार अर्थात् माघ ६ गते दामनमा रहेको एक रिसोर्टमा बास बस्न पुगेका १५ भारतीय पर्यटकमध्ये एक परिवारका आठ जना भोलिपल्ट बिहान् मृत अवस्थामा भेटिए । चिसोको डरले कोठामा ग्यास हिटर बालेर सुतेका दुई परिवारका आठजना भोलिपल्ट बिहान मंगलवार अचेत अवस्थामा फेला परेका थिए । उनीहरूलाई हेलिकप्टरबाट काठमाडौं ल्याइए पनि अस्पतालमा पुग्नेबित्तिकै सबैलाई मृत घोषित गरिएको थियो । 

भारतीय पर्यटक एकैपल्ट आठ जनाको मृत्यु भएको यो समाचारलाई मंगलवारका सबैजसो अनलाइन पत्रिका तथा बुधबारका दैनिक पत्रिकाले निकै महङ्खवका साथ समाचार बनाए । यस घटनालाई कति महत्त्व दिने र यसले नेपालको पर्यटन व्यवसायलाई कस्तो असर पर्छ भन्ने विषयमा कसैले पनि ध्यान पु¥याएको देखिएन । तर, यस घटनाको प्रचार, प्रसारले नेपालले जनवरी १, २०२० देखि घोषणा गरेको भ्रमण वर्षलाई निश्चितरुपमा प्रभाव पार्ने देखिएको छ । यस्तो समाचारको हकमा नेपाली पत्रिकाले आफ्नो जिम्मेवारी कति पूरा गर्ने वा कुन हदसम्म घटनालाई महत्त्वदिने भन्ने विषयमा छलफल गर्न जरुरी देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC