site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फैसला कार्यान्वयन नहुँदा १४ अर्ब उठेन, लाख बढी फरार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अदालतको फैसला कार्यान्वयन नहुँदा फरार रहेका अभियुक्तहरुबाट १४ अर्ब ५ करोडभन्दा बढी रकम उठ्न बाँकी छ । अदालतको फैसला कार्यान्वयन नहुँदा जरीवाना र कैदको लगत वर्षेनि बढ्दै गएको छ । 

०७१-७२ सालसम्म ११ अर्ब ८८ करोड उठ्न बाँकी रहेकोमा यही मंसिर मसान्तसम्म त्यो रकम बढेर १४ अर्ब ५ करोड ४३ लाख १७ हजार पुगेको छ । त्यस्तै, कैदतर्फ एक लाख ५ हजार ६ सय १३ वर्ष भुक्तान हुन बाँकी  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फैसला कार्यान्वयन निर्देशनालयका अनुसार अदालतले कैद सजाय सुनाएका १ लाख १६ हजार ८ सय २१ व्यक्ति फरार छन् ।  जसमध्ये १ हजार ५ सय १६ विदेशी नागरिक रहेका छन् । पछिल्लो ५ महिनामा मात्र ८८ करोड ७३ लाख भन्दा बढी जरिवाना फछ्र्योट भएको छ ।
  
फैसला कार्यान्वयनमा अब कडाइ

फैसला कार्यान्वयन निर्देशनालयले कैद र जरीवाना भुक्तानलाई प्रभावकारी बनाउने भएको छ । त्यसका लागि निर्देशनालयले कैद र जरिवाना ततिर्नेहरुलाई सरकारी सेवाबाट बञ्चित गर्ने भएको छ । निर्देशनालयका महानिर्देशक गजेनद्रबहादुर सिंहले फैसला कार्यान्वयन नगर्नेलाई सरकारी सेवाबाट बञ्चित गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको बताए । 

Global Ime bank

उनका अनुसार फरार व्यक्तिले पासपोर्ट बनाउने, सवारीसाधनको अनुमतिपत्र लिने, बिजुली वा पानीको बिल तिर्ने र जग्गा पास गर्ने काममा समेत रोक लगाउने तयारी गरिसकेको छ । 

निर्देशनालयले २९ वटा निकायमध्ये केही निकायमा दण्ड जरिवाना नतिर्ने व्यक्तिको नामावली पठाइसकेको छ । छिट्टै २९ वटै निकायमा अदालतले गरेका फैसला बापतको दण्ड जरीवाना  नतिर्ने व्यक्तिको नामावली पठाइनेछ । 

“सेवा लिन जाँदा दण्ड जरीवाना नतिर्ने व्यक्तिको नाम खोज्दा रातो बत्ती बल्ने छ । त्यस्तो व्यक्तिलाई सेवाबाट बञ्‍चित गर्दै कारवाही अघि बढाइने छ”,महानिर्देशक सिंहले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC