site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्वाधीन अर्थतन्त्रका लागि सहयोग गर्न निजी क्षेत्रलाई राष्ट्रपतिको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ । चेम्बरको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको कार्यक्रममा सहभागी हुन देशका विभिन्न ठाउँमा आएका व्यवसायीले मंगलबार राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले संघीय प्रणालीपछि करको दरमा एक रूपता नहुँदा एकीकृत कर प्रणाली लागू गरिनुपर्ने बताए । ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तीकरणका लागि चेम्बरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको योगदानबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् । उनले स्वाधीन अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ उन्मुख हुने सरकारको प्रयासलाई सहयोग गर्न पनि आह्वान गरिन् ।

Global Ime bank

अबको चुनौती भनेको वैदेशिक रोजगारीमा गएका नेपालीहरू स्वदेश फर्किएमा उनीहरूको व्यवस्थापन गर्न अहिलेदेखि नै प्रयासरत हुन जरुरी छ उनले भनिन्, यसको महत्त्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC