site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रहेनन् गायक निशान भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए ।

दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो ।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

Global Ime bank

गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् । 

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए । 

तस्बिरः विश्वमणि सुवेदीको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC