site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ट्वीटरले सबै ‘रिप्लाइ’ ब्लक गर्न मिल्ने नयाँ फिचर परीक्षण गर्दै 

बीबीसी । सामाजिक संजाल ट्वीटरले आफ्नो नयाँ फिचर परीक्षण गर्ने तयारी गरिरहेको बताएको छ जसमार्फत सबै प्रयोगकर्ताले आफ्नो ट्वीटमा आउने ‘रिप्लाइ’ अर्थात् प्रतिक्रिया सीमित गर्न वा पूर्णरुपमा ब्लक गर्न सक्नेछन् । 

कम्पनीले भनेको छ, “हामी ट्वीटरमा संवाद गर्नेहरुलाई यस प्लेटफर्ममा सुरक्षित महसुस गराउन चाहन्छौँ त्यसकारण यो निर्णय लिइएको हो । ”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो समय ‘साइबर–बुलिइङ’ विरुद्ध उचित कदम उठाउनका निम्ति सबै सोसल मिडिया कम्पनीहरु ठूलो दबाबमा आएका हुन् । 

यसअघि पनि कम्पनीले ट्वीट लुकाउन मिल्ने किसिमको फिचर लन्च गरेको थियो । 

यसबीच ट्वीटरले लास भेगासस्थित एक वार्षिक कार्यक्रममा यो परीक्षणबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो । 

यो नयाँ फिचर अन्तर्गत कुनै पनि प्रयोगकर्ताले आफ्नो ट्वीट क–कसले रिप्लाइ गर्न पाउने भन्ने सेटिङद्वारा मिलाउन पाउनेछन् र यी चार अप्सनमध्ये एउटा छनोट गर्न सक्छन् : ‘ग्लोबल’ जसले सबैलाई रिप्लाइ गर्न अनुमति दिन्छ, ‘ग्रुप’ जसमा चाहिँ आफूले फलो गरेका वा मेन्सन गरेका प्रयोगकर्ताले मात्र रिप्लाइ गर्न पाउनेछन्, त्यस्तै ‘प्यानेल’ जसले मेन्सन गरिएका मान्छेलाई मात्र प्रतिक्रिया दिन अनुमति दिन्छ र अन्त्यमा ‘स्टेटमेन्ट’ जसमा भने कसैले पनि कुनै रिप्लाइ दिन सक्दैन । 

दुर्व्यवहार र नकारात्मक कमेन्टको विषयमा सामाजिक संजाल व्यापक रुपमा आलोचित भइरहेका छन् जसकारण सरकारी निकायहरु पनि तिनीहरुप्रति कडाइ अपनाउन बाध्य भएका हुन् । गत डिसेम्बरमा मात्र युट्युबले पनि कसैको अपमान गर्ने वा कुनै जाति, भाषा, लिङ्ग, पहिचान लगायतका आधारमा नकारात्मक सन्देश दिने किसिमका भिडियोलाई पोस्ट गर्न अनुमति नदिने घोषणा गरेको थियो ।

त्यस्तै अप्रिलमा बेलायती सरकारले प्राविधिक कम्पनीहरुका लागि भनेर स्वतन्त्र निरीक्षण अन्र्तगत ‘कार्य संहिता’ लेख्ने प्रस्ताव राखेको छ । २०१८ मा ट्वीटरका प्रमुख ज्याक डोर्सीले सार्वजानिक संवादलाई स्वस्थर बनाउने वचन दिएका थिए । त्यसैले अभद्र व्यवहार नियन्त्रण गर्नकैलागि ट्वीटरले रिप्लाइ हाइड गर्न मिल्ने फिचर सार्वजानिक गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०७:२४
प्रतिक्रिया दिनुहोस्