site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिट फिल्मका स्क्रिप्टराइटर ‘अन्डरग्राउन्ड’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय केही सीमित ब्यानर र व्यक्तिका चलचित्र मात्रै बक्स अफिसमा चलिरहेका छन् । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज भए पनि केही व्यक्ति र ब्यानरका चलचित्रतर्फ मात्रै दर्शक आकर्षित हुँदै आएका छन् । 

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ सिरिज, झरना थापाको ‘ए मेरो हजुर’ सिरिज र निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र दर्शकका रोजाइमा पर्दै आएका छन् । यी तीनवटै चलचित्रका निर्देशक तथा निर्माता अहिले स्क्रिप्टमा लेखनमा व्यस्त छन् । ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेका निर्देशक भट्टराईले आफू अहिले नयाँ चलचित्रको लेखिरहेको बाह्रखरीलाई बताए । “अहिले हामी स्क्रिप्टमा छौं, स्क्रिप्ट राम्रो नभएसम्म चलचित्रको घोषणा गर्दैनौं,” प्रदीप भन्छन्, “स्क्रिप्ट नै चलचित्रको मेरुदण्ड भएकाले यसमा हतार गर्दैनौं ।”

प्रदीप सोसल ड्रामा जानराको चलचित्रको स्क्रिप्ट लेखिरहेको बताउँछन् । आफूले बनाउँदै गरेको चलचित्र पहिला आफैंलाई मन पर्नुपर्ने उनको बुझाइ छ । “मलाई नै मन परेन भने दर्शकलाई पनि मन पर्दैन । चलचित्र दर्शकसम्म पुग्नुभन्दा पहिला कथा लेख्ने व्यक्तिलाई नै मन पर्नुपर्छ,” उनी भन्छन्, “आफूले सोचेको कथालाई मिहिन ढंगले केलाउनुपर्छ । भित्री तहसम्म पुगेर विषयवस्तुको गुदी पत्ता लगाउनुपर्छ । आफूले पटकपटक सोचेको कथा आफ्नो चलचित्र युनिट र मनले खाएका केही अनुभवी र जान्नेलाई सुनाउनुपर्छ ।” अहिले उनी आफूले उठाउन खोजेको विषयको अध्ययन गरिरहेका छन् । 

केही समयअघि ‘जात्रै जात्रा’का निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले नेपालमा राम्रो स्क्रिप्ट र लेखकको अभाव रहेको भन्दै राम्रो स्क्रिप्टलाई १८÷२० लाख रुपैयाँ तिर्न तयार रहेको बताएका थिए । राम्रो स्क्रिप्ट लेख्न सक्ने स्क्रिप्टराइटर नरहेको उनी बताउँछन् । चलचित्र निर्माताहरू स्क्रिप्टमा खर्च नगर्ने तर अन्य पक्षमा महँगो खर्च गर्ने आरोप लागिरहेका बेला रवीन्द्रले स्क्रिप्ट राम्रो आए पैसा तिर्न आफूहरू तयार रहेको बताएका हुन् । 

‘१८ लाखमा स्क्रिप्ट किन्‍न तयार छौं’ 

‘छक्का पञ्जा’ सिरिजका मुख्य कलाकार, लेखक तथा निर्माता दीपकराज गिरी पनि अहिले ‘छक्का पञ्जा ४’ को स्क्रिप्टमा छन् । उनी स्क्रिप्टमा मिहिनेत गर्ने लेखक तथा कलाकार हुन् । “स्क्रिप्टका लागि अन्डरग्राउन्ड भएको छु, स्क्रिप्ट सकिएपछि मात्रै अन्य काममा आउनेछु,” दीपक भन्छन्, “मैले स्क्रिप्टमा कम्तिमा ४ देखि ६ महिना लगाउँछु ।” दीपक स्क्रिप्टको ७५ प्रतिशत काम आफैं गर्छन् बाँकी चलचित्रको युनिट र स्क्रिप्ट लेखनमा आफूलाई चित्त बुझेका कलाकारसँग छलफल गर्छन् । दैनिक ५ घण्टा स्क्रिप्टका लागि खर्चिने उनी लेख्न बसेपछि सार्वजनिक कार्यक्रमहरूमा पनि खासै देखिँदैनन् । 

स्क्रिप्टमा आफैंलाई चित्त नबुझेसम्म फ्लोरमा नजाने उनी अरूको स्क्रिप्ट लेख्नु परे २५ लाखभन्दा कममा नलेख्ने बताउँछन् । ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी झरना थापा पनि स्क्रिप्टमा छिन् । उनले चलचित्र निर्माणको घोषणा गरिसकेकी छिन् । छोरी सुहाना थापाको अपोजिटमा अनमोल केसीलाई अनुबन्ध गराइसकेकी छिन् । 

नेपाली चलचित्रकर्मीलाई स्क्रिप्टमा मिहिनेत नगरेको आरोप लाग्ने गरेको छ । वान लाइन स्टोरी सुनाएर कलाकारलाई अनुबन्ध गर्ने र सामान्य पहिलो ड्राफ्ट तयार पारेर छायांकनमा जाने गरेका छन् । राम्रो चलचित्र नबन्नुको मुख्य कारण यही रहेको चलचित्रकर्मीहरू बताउँछन् । पहिलो चलचित्रबाटै वाहीवाही कमाएका निर्देशक विनोद पौडेल पनि अहिले स्क्रिप्ट लेखनमै छन् । स्क्रिप्ट बलियो नबनेसम्म चलचित्र बनाउँदिन भन्ने उनी आफैं स्क्रिप्ट लेखक पनि हुन् । विनोद अहिले  तेस्रो देश पुगेका भुटानी शणरार्थीको कथामा ‘एक्रोन इन्टरनेसनल’को स्क्रिप्ट लेखिरहेका छन् । उनको यो कथा ‘एसियन प्रोजेक्ट मार्केट’मा पिचिङ (आफ्नो चलचित्रको कथाबारे जानकारी दिने) का लागि छनोट भएको छ । अब कोरियामा आउने विश्वका ठुल्ठूला चलचित्र निर्माता, वितरक र सेल्स एजेन्टहरूलाई मन पर्‍यो भने ‘एक्रोन इन्टरनेसनल’ले विदेशी लगानी पनि पाउनेछ । यसकै स्क्रिप्टमा लामो समयदेखि विनोद काम गरिरहेका छन् । 

पहिलो चलचित्रबाट राम्रो समीक्षा र बक्स अफिस कलेक्सन राम्रो गरेका र दोस्रो चलचित्रमा राम्रो समीक्षा नपाए पनि व्यापार राम्रो गरेका निश्चल बस्नेत पनि अहिले स्क्रिप्टमै छन् । भनेजस्तो स्क्रिप्ट नपाएपछि उनी अहिले साहित्यकार बुद्धिसागरलाई स्क्रिप्ट लेख्न लगाइरहेका छन् । आफैंले करिब आधा लेखिसकेको स्क्रिप्ट चित्त नबुझेपछि निश्चलले यो जिम्मा बुद्धिसागरलाई दिएका हुन् । बुद्धिसागरबाट स्क्रिप्ट आएपछि निर्देशन गर्ने उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC