राजनीति

काठमाडौं । नेकपा एमालेले कांग्रेस–नेकपा माओवादी र संयुक्त गठबन्धनबीचको सम्बन्ध तिहारपछि विग्रने निष्कर्ष निकालेको छ ।
एमाले स्थायी कमिटीको बैठकमा पनि केही नेताहरूले कांग्रेस–माओवादी गठबन्धन लामो समय जान नसक्ने धारणा राखेका थिए ।
एमालेमा अहिले प्रचण्डसँग प्रतिष्पर्धामा जाँदा जित्न सकिने अवस्था पनि नरहेको र गठबन्धन लामो समयसम्म जान नसक्ने हुँदा उमेदवारी नदिनु नै राम्रो हुने धारणा अधिकांशको रहेपछि उमेदवारी दर्ता नगरिएको स्रोतले जानकारी दिएको छ ।

“तपाइँ हेर्दै जानुस् तिहारपछिदेखि नै सरकारमा गडबढी सुरु हुन्छ किनकी सरकार गठनको उद्देश्य नै गलत छ,” न्यौपानेले बाह्रखरीसँग भने ।
एउटा बहुमतीय सरकारको बिकल्पमा अर्को बहुमतीय सरकार खडा गर्न लागिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय आवश्यकता बोक्न नसक्ने ठोकुवा गरे ।
प्रधानमन्त्रीमा उम्मेदवारी त दिनु भएन अब सरकार कहिले ढाल्नुहुन्छ त भन्ने बाह्रखरीको जिज्ञासामा उनले भने, “१०–११ वटा टेको लगाएर जबरजस्त उभ्याइएको सरकार आफैँ ढल्छ, हामीले केही गर्नै पर्दैन ।”
९–९ महिनामा सरकारको नेतृत्व गर्ने गरी चेकमा साइन गरेर सरकार गठन गरिएको भन्दै उनले सरकार कमजोर जगमा खडा भएको टिप्पणी गरे । आफूहरूले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै न्यौपानेले भने, “एमाले बाहिर बसेको छ, राष्ट्रियताका मुद्दाबाट दायाँबायाँ गर्न दिँदैन । जनजीविकाको पक्षमा पनि खरो उत्रन्छ ।”
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १६:२०
प्रतिक्रिया दिनुहोस्