site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको राशिफल : वृष उत्तम, सिंह अत्युत्तम

२०७६, मंसिर १७ गते मंगलबार  

मेष : दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि  बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । महिलाका तर्फबाट लाभ हुनेछ । 

वृष : दिन उत्तम रहनेछ । मानसम्मान तथा पुरस्कार प्राप्त हुनेछ  । मुख्य काम हात लाग्नेछ । आटेको काममा सफलता मिल्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिथुन : दिन राम्रो छ । धार्मिक क्षेत्रमा बिस्तार हुनेछ । शरीर स्वस्थ रहनेछ । दानपुण्यबाट मनमा निकै सन्तोष मिल्नेछ । 

कर्कट : दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

सिंह : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सुख पाइनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

कन्या : दिन उत्तम छ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक  तन्दुरुस्ती बढ्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

तुला : दिन ठिक छ । मनको चिन्ता हट्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । स्वास्थ्य निकै तन्दुरुस्त रहनेछ । बौद्धिक काम गरिनेछ । 

वृश्चिक : दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेला आइलाग्नेछ । 

धनु : दिन उत्तम छ । सामाजिक कार्यक्रममा व्यस्त भइनेछ । उत्तरदायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । दर्घिकालीन कार्ययोजना तय हुनेछ । 

मकर : दिन राम्रो छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विभिन्न परिकारहरु प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ । 

कुम्भ : दिन भाग्यवर्धक छ । कामकाज सजिलै बन्नेछ । बौद्धिक काम गरिनेछ । सहकार्यमा लाभ मिल्नेछ । उपयुक्त अवसर मिल्नेछ । 

मीन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०३:२४
प्रतिक्रिया दिनुहोस्