site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अवकाशको इच्छा राखेका अमिताभ माइनस ३ डिग्रीमा काम गर्दै 

काठमाडौं । बलिउड बिग बी अमिताभ बच्चन अहिले चलचित्र ‘ब्रहमास्त्र’को छायांकनमा छन् । छायांकनका लागि मनाली पुगेका अमिताभले ट्विटरमा छायांकन सेटको एक तस्बिर सेयर गर्दै माइनस तीन डिग्रीमा काम गरिरहेको जानकारी दिएका छन् ।

तस्बिरमा चेक सर्ट र कालो ज्याकेटमा कूल स्नग्लासेस लगाएका छन् । तस्बिर सँगै उनले लेखेका छन्, “माइनस–३ डिग्री...प्राटेक्टिभ गियर.. र काम गर्ने शिष्टाचार ।” तस्बिरमा अमिताभको छेउमा अभिनेता रणवीर कपूर पनि रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही साताअघि स्वास्थ्यमा खरावीका कारण उनलाई केहीदिन अस्पताल भर्ना गरिएको थियो । सो पश्चात डाक्टरले अब काम होइन आराम गर्न सुझाएका थिए । 

सोही समयमा उनले अब अब म अवकाशपछिको जीवन जिउनु पर्यो भन्दै ब्लग लेखका थिए ।

तर बलिउडका सफल अभिनेता अमिताभ अहिले पनि सक्रिय रुपमा चलचित्रमा लागिरहेका छन् । ‘ब्रहमास्त्र’ पछि उनी चलचित्र ‘गुलाबो सिताबो’, ‘चेहरे’ मा पनि देखिँदै छन् । (नवभारत टाइम्स)
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १२:४२
प्रतिक्रिया दिनुहोस्