प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै विस्फोट

प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै विस्फोट

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावी सभा परिसरमा शंकास्पद वस्तु विस्फोट भएको छ । नेकपाले आज प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत आमसभा गर्दैछ । विभिन्न स्थलबाट नेता तथा कार्यकर्ता र्यारलीसहित आउने क्रम जारी छ । सोही क्रममा प्रदर्शनी केन्द्रको गेट नजिकै विस्फोट भएको हो । 

प्रहरीले बम विस्फोट भएको हुन सक्ने आशंका गरेको छ ।  प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
सांकेतिक तस्बिर

प्रतिकृया दिनुहोस
ad