site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय नक्सा प्रकरणमा साझा धारणा बनाउन नसकेकोप्रति नेता भण्डारी आक्रोशित 

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भारतीय हस्तक्षेपलाई लिएर साझा धारणा बनाउन नसकेकोप्रति आक्रोस व्यक्त गरेका छन् । उनले शीर्ष नेताहरुलाई बुख्याचाको संज्ञा दिएका छन् । 

उनले भारतीय सिनेकर्मी अनुपम खेरको ट्वीटको स्क्रिनसट आफ्नो फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, "भारतका कलाकार, नेतादेखि जनता नेपालको पक्षमा बोल्दछन । तर नेपालमा नेपाली आमाको मानो खाएर  पहिचान बनाएका बुख्याचाहरुले सम्युक्त बैठक बोलाएर साझा सहमती बनाउन  सकेका छैन्न ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बलिउड फिल्ममा चरित्र अभिनेताका रुपमा अभिनय गर्दै आएका खेरले हिन्दी भाषामा भारतले नेपालमाथि गरिरहेको थिचोमिचोको विरोध गरेका छन् । उनले लेखेका छन्, " नेपाल वो देश है जिसने भारतको संकट नआए इसलिए अपने बहादुर लोगोको इन्डियन आर्ममीमे भेजदिया और आज हम उसी देशको संकोमे डाल रहे है, शर्मकी बात है ।"

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेकोप्रति मंगलबारदेखि निरन्तर विरोध भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  २१:२३
प्रतिक्रिया दिनुहोस्