site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘प्रेमगीत ३’ को शुभ मुहर्तसँगै छायांकन सुरू

काठमाडौं । चैत्र २८ गते रिलिज मिति तोकिएको चलचित्र ‘प्रेम गीत ३’ को शुभ मुर्हत गरिएको छ । शुक्रकार दक्षिणकाली मन्दिरमा लिड कलाकारहरु प्रदिप खड्का, कृष्टिना गुरुङ र मनिषा राउतलगायत टिमको उपस्थितीमा शुभ मुर्हत गरेको हो ।

शुभ मुर्हत पश्चात चलचित्रको लागि काठमाडौंमै निर्माण गरिएको विशेष सेटबाट छायांकन पनि सुरू गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमको कथा रहेको चलचित्रमा प्रदिप, कृष्टिना र मनिषा लगायत सन्तोष सेन,माओत्से गुरुङ, लक्ष्मी बर्देवा अनुभव रेग्मी लगायतका कालकारको अभिनय रहने छ ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को अपार सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेम गीत ३’ निर्माण गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:००
प्रतिक्रिया दिनुहोस्