site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 होटल व्यवसायमा पाँच अर्ब नयाँ लगानी, क्षमतासँगै सेवा र गुणस्तर पनि विस्तार 
Sarbottam CementSarbottam Cement

विराटनगर । पछिल्लो दुई वर्षयता विराटनगरसहित पूर्वका प्रमुख सहरी र पर्यटकीय क्षेत्रमा होटल व्यवसायमा रु. ५ अर्बभन्दा बढी नयाँ लगानी थपिएको छ । 

मेची र कोशी पहाडका पर्यटकीय क्षेत्रमा करोडौं रुपैयाँ लगानीमा होटल तथा रिसोर्ट निर्माण भएका छन् । तराईमा सञ्चालनमा रहेका होटलमा क्षमता अभिवृद्धि गर्न लगानी थपिँदो छ । खासगरी विराटनगरदेखि धनकुटाको हिलेसम्मको औद्योगिक तथा पर्यटकीय करिडोरमा ठूला लगानीमा होटल निर्माण भएका छन् । मेचीको झापा र इलामतर्फ पनि होटल व्यवसायमा लगानी थपिने क्रमले तिव्रता पाएको छ । कतिपय नयाँ होटल निर्माणका क्रममा छन् । कतिले चाहिँ सेवा दिन सुरु गरिसकेका छन् । 

सेवा सुरु गर्नेमध्येकै एक हो विराटनगरका उद्योगी मोती दुगडले ४० करोड रुपैयाँको लगानीमा सुरु गरेको होटल ह्यारिसन प्यालेस । चारतारे अत्याधुनिक सुविधासहितको यो होटल शुभारम्भ भएदेखि नै खचाखच छ । ‘‘पचासवटा मध्ये पाँचदेखि सातवटासम्म कोठा त वर्षैभरिका लागि रिजर्भ हुने गरेका छन्,’’ दुगडले भने, ‘‘पहिलो होटल प्रारम्भदेखि नै सफल हुँदै गएकोले अर्को पाँचतारे होटल निर्माणमा पनि हौसिएको छु । एक वर्षभित्रै त्यो पनि सञ्चालनमा आउने छ ।’’ सेवाक्षेत्रमा आफूले गरेको लगानीबाट निकै राम्रो ‘रिटर्न’ हुन थालेकाले लगानी थप्न थप उत्साहित भएको दुगड बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिले चल्ने हो होइन भन्ने द्विविधा रहेको तर पहिलो होटलबाट प्रारम्भिक सफलता मिलेपछि दुगडले थप एक सय करोडको रुपैयाँको लगानीमा पाँचतारे होटल र सपिङ मल निर्माण गरिरहेका छन् । विराटनगरको मेनरोडमा निर्माणाधीन रहेको उनको दोस्रो ‘प्रोजेक्ट’अन्तर्गत सेन्चुरियन पाँचतारे होटललाई प्राथमिकता दिइएको छ ।

पाँचतारे होटलसँगै मल, मल्टीप्लेक्स सिनेमा हल, एम्युजमेन्ट पार्क, स्वीमिङ पुलसमेतको सुविधा हुनेछ । त्यहाँ तीन हजार जनासम्म अटाउने ब्यांक्वेट निर्माण गरी ठूला विवाह, पार्टी र कार्यक्रम गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने छ । दुगडले भने, ‘‘ठूला आयोजनाका लागि भारतको सिलीगुडी, कलकत्ता, दिल्ली वा काठमाडौं नै जानुपर्ने बाध्यता टर्नेछ ।’’ 

Global Ime bank

ह्यारिसनमा जाकुजी, रेस्टुरेन्ट, मसाज पार्लर, वाईफाई जोन, फिटनेश सेन्टर, ब्युटी पार्लर, कोठा–कोठामै मिनीबार उपलब्ध छ । स्टार होटलले दिने सुविधा सबै दिइएको छ । सेमिनार, तालिम तथा गोष्ठीमा आउने अतिथिहरुको माग अझै थेग्न नसकिएको बताउँदै दुगड भन्छन्, ‘‘तेस्रो देशका पर्यटक पनि आउन थालेका छन् । एनजीओ–एनजीओका प्रतिनिधि, बाहिरका लगानीकर्ताहरु, आयात र निर्यातकर्ता बस्ने थलो बनेको छ ।’’ संयुक्त राष्ट्र संघका तथा एजेन्सीका कर्मचारी पनि आएर बस्छन् । ह्यारिसन नेपालकै उत्कृष्टमध्येको होटल भएको दुगडको दाबी छ । 

विगत दुई दशकभन्दा लामो समयदेखि होटल व्यवसायमा संलग्न विराटनगरको रत्ना होटलका सञ्चालक रेवतबहादुर थापाले धनकुटाको हिलेमा अर्को नयाँ होटल सुरु गरेका छन् । विराटनगरमै दोस्रो होटल संचालनमा आइसकेको छ । पहिले भाडाको घरमा चलाइएको रत्ना अहिले विराटनगर बसपार्क नजिकै आफ्नै पूर्वाधारमा सरेको छ । क्षमता विस्तारसहित हिले र विराटनगरमा थापाले हालसम्म २५ करोड रुपैयाँ लगानी गरिसकेका छन् । ‘‘अझै लगानी थपिने क्रम जारी छ, यतिमै पूर्ण होला भन्ने अवस्था नै छैन,’’ थापा भन्छन्, ‘‘पर्यटन विकास र पूर्वाधारलाई मध्यनजर गर्दै लगानी थपेको हुँ ।’’ उनले पूर्वमा पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वात्तै बढेको पनि बताए । हिलेको होटलमा ४२ वटा अत्याधुनिक सुविधासहितका कोठा छन् । विराटनगरमा ९० कोठाको लक्ष्य छ । थापाका अनुसार रत्ना समूहले हिलेमा नयाँ होटल खोलेपछि अरुले पनि लगानी गरेर होटल सुरु गरेका छन् । 

होटल व्यवसायी थापा भन्छन्, ‘‘पूर्वी पहाडका पर्यटकीय क्षेत्रमा पर्यटनका ठूलो सम्भावना देखेकोले नै लगानी गरेको हुँ तर पर्यटक बढाउन राज्यले भने खासै चासो दिएको छैन । काठमाडौं बाहिर पर्यटन लैजानु पर्छ भन्ने सरकारको सोचाइ नै छैन ।’’ राजधानी बाहिरका व्यवसायी टिक्न सक्ने वातावरण बनाउन उचित सहयोग नभएको र भूकम्पको क्षतिले पर्यटनलाई पनि निकै असर गरेको थापाले गुनासो गरे । पर्यटनसँग सम्बन्धित भएकोले सुरुमा लगानी नै धेरै हुने तर दीर्घकालीन व्यवसाय भएको थापाको बुझाइ छ । तेस्रो देशका पर्यटक बढाउन आफूहरुको ध्यान केन्द्रीत भएको बताउँदै थापाले ताप्लेजुङ र लुक्लासम्म काठमाडौंबाट मात्रै हवाई उडान गराइँदा आफूहरुको लगानीअनुसारको फाइदा हुन नसकेको बताए । 

विराटनगरको होटल इस्टर्न स्टारका सञ्चालक तथा पर्यटन व्यवसायी भविस श्रेष्ठले मौजुदा २६ कोठाको होटलमा २२ कोठा नयाँ निर्माण गरी सेवा र त्यसको गुणस्तरीयतालाई पनि थप गरेका छन् । नयाँ सेमिनार हल तयार भएको छ । होटलमा पुनः गरिएको लागनीले यसको स्वरुप पूरै नयाँ भएको छ । पछिल्लो निर्माणको लागि ५ करोड रुपैयाँ लगानी थप गरेका व्यवसायी श्रेष्ठका अनुसार विराटनगरमा मात्र न्यूनतम २५ देखि ५० करोड रुपैयाँ लगानीसम्मका पाँचवटा होटल निर्माणाधीन छन् । होटल एसोसिएसन विराटनगरका सचिवसमेत रहेका श्रेष्ठ भन्छन्, ‘‘पूर्वाधार निर्माण हुँदै जानु व्यवसायको सकारात्मक पक्ष हो । थ्रीस्टारदेखि फाइभ स्टारसम्म निर्माण भइरहेका होटलले अब भने तेस्रो देशका पर्यटकलाई पनि तान्ने छन् ।’’ सुविधासहितका होटलहरु बढ्दै गएको र त्यसले आन्तरिक तथा बाह्य माग थेग्न सकेको उनको भनाइ छ । 

पूर्वाधार थपिने क्रम बढेसँगै त्यसमा बस्ने पाहुना कहाँबाट ल्याउने भन्ने चिन्ता व्यवसायीलाई थपिए पनि अपेक्षा गरेजति सरकारबाट सहयोग नभएको श्रेष्ठ बताउँछन् । पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा मात्र सरकारले ध्यान दिने हो र पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि ध्यान दिने हो भने पनि राम्रो व्यापार हुने उनको तर्क छ । भारतका पर्यटक बढेजस्तै तेस्रो देशका पर्यटक बढाउन भने सरकारबाट सहयोग चाहिएको बताए । उनले भ्रमण वर्ष २०२० लाई लक्ष्य बनाई आफूहरुले पर्यटकलाई तान्ने योजना बनाएको तर यसमा प्रदेश तथा संघीय सरकारको समेत सहयोग हुनुपर्ने उनले सुनाए ।

बाहिरका पर्यटन व्यवसायीसँग सम्बन्ध बढाउने काममा सहयोग हुनुपर्ने र मास टुरिजमको कन्सेप्टबाट काम गर्नुपर्ने बताउँदै श्रेष्ठ भन्छन्, ‘‘लुक्लाको फ्लाइट विराटनगरबाट हुने व्यवस्था गरिनुपर्छ । ६० वटा फ्लाइट काठमाडौबाट मात्र छ । ५ वटा फ्लाइट यहीँबाट भएपनि एक सय जना तेस्रो देशका पर्यटक यहींबाट जाने थिए । त्यसको फाइदा यहाँका होटल व्यवसायीले लिन पाउने थिए ।’’ कञ्चनजंघा, सगरमाथा, मकालु यहीँ भएपनि पहिले काठमाडौं पुगेर फेरि यतै आउनुपर्ने बाध्यताका कारण भनेजस्तो फाइदा भएको नभएको उनले बताए । ताप्लेजुङको सुकेटारसम्मको उडान पनि यतैबाट हुनुपर्ने व्यवसायी माग रहेको छ । श्रेष्ठले पर्यटक तान्नकै लागि केहीअघि धरानमा टुरिजम मार्टको आयोजना भएको बताए ।

होटल एसोसिएसन विराटनगरका अध्यक्ष राजन श्रेष्ठका अनुसार बन्दहड्ताल कम भएकोले पनि होटलमा लगानी थपिने क्रम बढेको छ । पछिल्लो तीन वर्षमा यो क्षेत्रमा तीसवटा भन्दा धेरै होटल थपिएको बताउँदै श्रेष्ठले भने, ‘‘सेवा क्षेत्रको होटल व्यवसाय फस्टाउने हो भने बाहिर विदेशमा श्रम गर्न जाने जनशक्तिले पनि यहीँ काम पाउने छ । रोजगारीको अवसर पनि सिर्जना हुनेछ ।’’ पछिल्लो पटक ५ सय करोड लगानी थप भएको एसोसिएसनको अध्ययनले देखाएको श्रेष्ठले जानकारी दिए । एउटा सानो होटल खोल्दा पनि कम्तिमा १० करोड रुपैयाँ लगानी हुने गरेको र विराटनगरका होटलले दैनिक ७ सय पाहुनालाई सेवा दिएको उनले बताए । 

विराटनगरमा पछिल्लो समय पाँच करोड रुपैयाँको लगानीमा होटल पाञ्चाली र एयरपोर्टमोड नजिकै ९ करोड रुपैयाँको लगानीमा होटल एसिया टिक सञ्चालनमा आई सकेका छन् । एसिया टिकका सञ्चालक पुण्य भट्टराई भन्छन्, ‘‘हाम्रो सबै व्यवसाय सेवामा केन्द्रीत छ । सेवाको गुण्स्तरीयतामा कुनै कमजोरी नगर्ने लक्ष्य लिएका छौं ।’’ श्रेष्ठका अनुसार स्थानीय रोडशेष चौकमा ठूलो लगानीको बिग होटल र कृष्ण पार्टी प्यालेसकै सञ्चालक समूहले अर्को नयाँ होटल निर्माण गरेका छन् । बिगले निकै राम्रो व्यापार गर्न सफल भएको छ । सुनसरीको इटहरीमा ठूलो लगानीमा होटल निर्माणाधीन छ । 

क्षेत्रीय होटल संघका अनुसार पूर्वी पर्यटकीय क्षेत्रमा बिहार, उत्तरप्रदेश, पश्चिमबंगाल, सिक्किम, दार्जिलिङ, आसामसहित बंगलादेश र भुटानका पर्यटक पनि आउने गर्छन् । नेपाल सरकारको मापदण्डअनुसार तारे होटलको श्रेणीमा पर्नका लागि होटलहरुले पूर्वाधार र सेवाको गुणस्तरलाई पनि बढाउन सुरु गरेको बताएका छन् । 
सुनसरीमा पनि होटलमा लगानी थपिएको छ । इटहरी र धरानमा ठूला होटल निर्माण भएका छन् । होटल इन टुरिस्ट, होटल बरन्डा, उत्सव र प्रिमियरले सेवा दिन सुरु गरिसकेका छन् । धनकुटाको भेडेटार, इलामको फिक्कल र कन्याम, झापाको दमक, बिर्तामोड र काकडभिट्टामा पनि नयाँ होटल थपिने क्रम जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC