site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कुकुरबाट बलात्कार, रौतहटको नरसंहार
Sarbottam CementSarbottam Cement

कात्तिक महिना लाग्नेबित्तिकै जाडो सुरु भएसँगै आङ्ग सिरिङ्ग पार्ने दुईवटा समाचार नेपाली दैनिक पत्रिकामा देखापरे । रौतहटमा भएको नरसंहारको घटना करिब १२ वर्षपछि पुनः चर्चामा आयो भने यौन हिंसा पीडित एक युवतीले दिएको बयानले पनि सबैको मथिङ्गल खलबलायो । 

दाङको घोराहीमा द्वन्द्वपीडित साझा चौतारी नामक संस्थाले आयोजना गरेको हिंसामा परेका व्यक्तिको बयान सुन्ने एक कार्यक्रममा परिचय र अनुहार गोप्य राखेर बोलेकी एक महिलाले द्वन्द्व कालमा आफूलाई नेपाली सेनाले गिरफ्तार गरेपछि कसरी अमानवीय हिंसाको सिकार हुनुप¥यो भनेर बयान दिइन् । बयान सुन्ने व्यक्तिहरूले उक्त महिलालाई देख्न पनि पाएनन् र एउटै कोठामा भेट्दा पनि भेटेनन् । ती महिलाका अनुसार अन्य अत्यन्त घृणित र हिंसात्मक कार्यका अतिरिक्त नेपाली सेनाले पक्रेका बेला तिनलाई कुकुरबाट बलात्कार पनि गराइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

कुकुरबाट आफ्नो कब्जामा रहेको शत्रुपक्षलाई बलात्कार गराएको घटना संसारका अन्य भागमा केही सुनिएको भए पनि नेपालमा यस विषयमा अहिलेसम्म सुनिएको थिएन । यस्तो भएको हो भने यस घटनाको छानबिन हुनुपर्ने विषयको समेत निकै ठूलो चर्चा भयो ।

यो समाचारलाई कान्तिपुरले कात्तिक ६ गते बुधबारको पत्रिकामा मुख्य समाचार बनाएर प्रकाशित ग¥यो । घनश्याम खड्काले कान्तिपुरका लागि दाङबाट सो समाचार संप्रेषण गरे । तर, यो समाचारमा दुई प्रकारको प्रतिक्रिया आयो । पहिलो सो समाचारको विश्वसनीयता कति हो ? मानसिकरुपमा समस्यामा परेकी ती महिलाले आफैँले भोगेको कुराको कति वास्तविकता बताउन सकिन् वा कति प्रभावमा परेर बोलिन् भन्ने प्रश्न आयो । दोस्रो, एउटन दैनिक पत्रिकाले यस प्रकारको अत्यन्त विवादास्पद विषयमा कसरी एउटा स्रोतको भरमा छ कोलमको मुख्य समाचार बनायो भन्ने पनि प्रश्न उठेको छ । वास्तवमा समाचार जत्ति नै विवादास्पद र पढिने भए पनि कोहीमाथि लगाइएको त्यस्तो ठूलो आरोपलाई एउटै र पूर्ण विश्वास गर्न नसकिने स्रोतको भरमा एक जिम्मेवार पत्रिकाले त्यति महत्त्व दिनु आफैँमा विवादको विषय हुनसक्छ । समाचार प्रकाशित गर्नु र त्यसलाई कति महत्त्व दिने भन्ने विषय फरक हो । यस्तो संवेदनशील विषय सार्वजनिक भइसकेपछि त्यसको छानबिन हुनुपर्छ भनेर पत्रिकाले आवाज उठाउनु भने पर्छ, जुन जिम्मेवारी कान्तिपुरले बिहीवारको सम्पादकीयमार्फत पूरा गरेको छ । उक्त सम्पादकीयमा ती युवतीमाथि भएको घटनाका लागि कुकुर तालिम प्राप्त हुनुपर्ने र सो अवस्थामा यस्तो पीडित अरु पनि हुनसक्ने भन्दै घटनाको अविलम्ब र गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग कान्तिपुरले सम्पादकीय मार्फत गरेको छ । 

Global Ime bank

कान्तिपुरले सेनालाई यस विषयमा सोधेर पत्रकारिताको धर्म निभाएको छ भने हिमालय टाइम्सले बिहीबारको पत्रिकामा सेनाको विज्ञप्तिलाई महत्वका साथ प्रकाशित गर्दै कोही यस्तो घटनाको सिकार भएको हो भने निर्धक्कसँग उजुरी दिन सेनाले गरेको आह्वानलाई प्रथम पृष्ठमा महत्वपूर्ण स्थान दिएको छ । कान्तिपुरले भने यस विषयमा मानव अधिकार आयोगले जारी गरेको विज्ञप्ति र सेनाको विज्ञप्तिलाई तेस्रो पृष्ठमा प्रकाशित गरेर जिम्मेवारीमात्र पूरा गरेको देखिन्छ । 

रौतहटको नरसंहार

विसं २०६४ साल चैत २७ गते प्रतिनिधि सभा सदस्यका लागि रौतहटमा पनि निर्वाचन हुँदै थियो । चैत २६ गते अचानक बम विस्फोट भयो । सो विस्फोटमा कति जना मारिए, घटनामा कति घाइते भए भन्ने विषयमा धेरै कुरा सार्वजनिक भएन । प्रहरीले घटनाको अनुसन्धान गरेर महान्यायधिवक्ताको कार्यालय पठायो तर महान्यायाधिवक्ताको कार्यालयले सो घटनामा मुद्दा नचलाउने निर्णय ग¥यो । बाह्र वर्षपछि अचानक सो मुद्दा ब्युँताइएको छ । सो बम विस्फोटमा मारिएका र घाइते भएका समेत सबैलाई एउटा ट्रयाक्टरमा राखेर ईंटा भट्टामा जलाएको खबरले पत्रपत्रिका भरिएका छन् । उक्त घटनामा १२ वर्ष पहिले रोक्साना खातुन र श्री नारायण सिंहले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मोहम्मद आफताव आलम विरुद्ध मुद्दा दिएका थिए । अहिले सरकारले उनलाई गिरफ्तार गरेर मुद्दा अघि बढाएको छ । आलम गिरफ्तार भएसँगै उनका विश्वास पात्र मानिने सफी मोहम्मदले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सफी आफैँ बम विस्फोटमा परेर घाइते पनि भएका थिए र उनले विस्फोटमा परेर मरेका र घाइतेलाई आलम र उनका साथीहरूले जिउँदै जलाएको पनि आरोप लगाएका छन् । आइतवारको कान्तिपुरमा आलमले गराएको भनिएको घटनामा सम्बन्धित धेरै व्यक्ति प्रहरीको सम्पर्कमा आएको हुनाले सो घटना टुंग्याउने क्रममा प्रहरी पुगेको समाचार छापिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !