site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल बाह्रखरी गल्फको नयाँ रेकर्ड
Ghorahi CementGhorahi Cement

लुक्ला । बाह्रखरी तेस्रो संस्करणको वार्षिक आमन्त्रित गल्फ टुर्नामेन्टले आइतबार बिहान ४,२५० मिटर उचाइमा नयाँ रेकर्ड कायम गरेको छ । बिहानैदेखि खराब मौसमका बाबजुद् पनि खेलाडीहरुले सफलतापूर्वक खेल प्रदर्शन गरेका छन् । यो अल्टिच्युड गल्फ खेलमा विश्वकै रेकर्ड हो ।  ‘एनसेल प्रेजेन्टस बाह्रखरी एभरेस्ट गल्फ २०१९’ भन्ने ब्यानरमा भएको सो कार्यक्रममा विश्वकै सबैभन्दा उचाइमा रेकर्ड राख्ने खेलाडीमा विकास राणा, रेखा घिमिरे, आरती राज्य लक्ष्मी राणा र राजेन्द्र श्रेष्ठ रहेका थिए । भाग्यशाली खेलाडीमध्ये राणाले ३ स्ट्रोकको र श्रेष्ठले बोगी हासिल गरेका थिए ।

खराब मौसम र कालो बादलका कारण बाँकी ४० खेलाडीले उपलब्धी हासिल गर्न पाएनन् । यद्यपि, आठजना गल्फर्सले  अल्टरनेट लोकेसनको रुपमा ३,८८० मिटरको उचाइमा स्याङबोचेमा टुर्नामेन्ट खेलेका थिए । स्याङबोचेमा पनि बादल मडारिएपछि  अन्य खेलाडीले चाहिँ त्यसमा भाग लिन पाएनन् । 

सो कार्यक्रम प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने तय भएकोमा खराब मौसमका कारण त्यो सम्भव भएको थिएन । लुक्लामा ६० भन्दा बढी अतिथीहरु तथा लुक्ला र काठमाडौंमा जम्मा भएकाहरु पनि सो स्थानमा पुग्न पाएनन् । एनसेल सो कार्यक्रमको टाइटल स्पोन्सर हो । सो कम्पनीले नेपाल सरकारले भ्रमण वर्ष २०२० कार्यक्रम घोषणा गरिरहेको बेलामा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले बाह्रखरी मिडियासँग सहकार्य गरेको हो । एनसेलका अतिरिक्त नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले पनि यो कार्यक्रममा एशोसिएसन पार्टनरको रुपमा सहकार्य गरेका थिए ।

Agni Group

‘‘एनसेल बाह्रखरी मिडियासँग विश्वकै सबैभन्दा उच्च अल्टिच्युड भएको स्थानमा भएको कार्यक्रममा सहकार्य गर्न पाउँदा प्रसन्न रहेको छ र हामी आयोजकलाई बधाई दिन चाहन्छौं । सो कार्यक्रमका आगामी टुर्नामेन्टहरु बिना कुनै बाधा सम्पन्न हुने कुरामा म विस्वस्त रहेको छु,’’एनसेलका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

‘‘एनसेल निरन्तर रुपमा आफ्नो ब्रान्डको प्रतिवद्धताअनुसार समर्थन गर्न सदा दृढ रहेको छ । हाम्रा ग्राहकले आफ्नो यस खालको सपना महसुस गर्नु हुनेछ र नेपालले गर्न सक्ने राम्रो कामको लागि अभिप्रेरणा मिल्नेछ,’’ उनले भनेका छन् । बाँकी खेलहरु सबै खेलाडीले यही २६ अक्टोबरका दिन गोकर्ण फरेस्ट रिसोर्टमा खेल्नेछन् । टुर्नामेन्टको बिजेतालाई शील्ड र सुनको गल्फ बल प्रदान गरिनेछ । गोकर्णमा हुने खेलमा करिब १०० जना कर्पोरेट गल्फर्सको सहभागिता हुने अपेक्षा गरिएको छ ।  

Global Ime bank

प्रतिष्ठित उद्योगपति तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले यो कार्यक्रमको आयोजना गरेर एनसेल बाह्रखरीले देशका लागि ठूलो योगदान गरेको बताए ।

‘‘सरकारकै लागि पनि यो तहको कार्यक्रम गर्न कठिन हुन्छ,’’ उनको भनाइ थियो ।

‘‘यद्यपि हामीले रेकर्ड कायम गरेका छौं । हामीले योजना बनाएअनुसार म्याच पूरा गर्न नसकेकोमा क्षमाप्रार्थी छौं ।  कार्यक्रमस्थलमा जान खराब मौसमका कारण थुप्रै पत्रकारहरुले पनि अवरोध सामना गर्नुपरे पनि हामी आशावादी छौं कि नयाँ रेकर्ड र नेपालको प्राकृतिक सुन्दरता र पर्यटकीय गन्तव्यका बारेमा अन्तर्राष्ट्रिय पत्रकारहरुले प्रवर्द्र्धन गर्नुहुनेछ,’’ बाह्रखरी गल्फका उप–महाप्रवन्धक सूर्य घिमिरेले भने ।

बाह्रखरी एउटा नेपालको अनलाइन न्यूज पोर्टल हो । जसले सन् २०१७ देखि नै वार्षिक रुपमा गल्फ इभेन्टको आयोजना गर्दै आइरहेको छ । यो वर्ष विशेष थियो, गल्फर्सहरु विश्वको सबैभन्दा उचाइ भएको स्थानमा जाँदै थिए । कोङ्दे रीको ४,२५० मिटरमा आयोजना गरिएको गल्फ टुर्नामेन्टमा स्वर्गीय आङ्ग छिरिङ्ग शेर्पाप्रतिपनि श्रद्धाञ्जली दिइएको थियो । 

शेर्पा एक जना प्रतिष्ठित पर्यटन व्यवसायी हुन् । जसको फेब्रुअरी २०१९ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । विश्व रेकर्ड कायम गर्न त्यहाँ पुगेका विकास राणाले स्वर्गीय शेर्पाको तस्बिरमा माल्यार्पण गरेर सम्मान गरेका थिए । भाटभटेनी सुपरमार्केट र सिभास रेगल कार्यक्रमका प्रायोजक हुन् । थाइ एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर, आएमइ ग्लोबल बैंकिङ्ग पार्टनर र टाटा एच फाइभले भेइकल पार्टनरको भूमिका निर्वाह गरेका छन् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC