site stats
बाह्रखरी :: Baahrakhari
देश

दैलेख । दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ । 

कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण गरिएको छ भने ९८१ मिटर पदमार्ग निर्माण गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गका लागि डिभिजन वन कार्यालय दैलेखमार्फत रु १८ लाख ४४ हजार ८०० रकम विनियोजन गरिएको थियो । उपभोक्ता समितिको जनश्रमदान रु चार लाख ६५ हजार ५०० गरेर कूल २३ लाख १० हजारमा उक्त पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले जानकारी दिएका छन् । 

पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदलयात्रा गरेर दमौडा पुग्ने पर्यटक र यात्रुलाई कालीकोटको सिमानासम्म पुग्न धेरै सहज भएको छ । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने शिव महावुधाममा पुगेर फर्कने यात्रुका लागि पदमार्गले निकै सहज बनाएको अनुगमन समिति संयोजक पदमा योगीले जानकारी दिएका छन् । 

महावै गाउँपालिका र महावु गाउँपालिकाका स्थानीय सरकारले महत्वपूर्ण पर्यटकीयस्थल महावुमा पर्यटकको वासस्थान, फोटो खिच्नका लागि भ्यू टावर, पानी र शौचालयको बन्दोबस्त गर्न सके पर्यटकको आर्कषण झनै बढ्ने योगीको भनाइ छ । - रासस

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  २३:५०
प्रतिक्रिया दिनुहोस्