site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लामखुट्टे मार्न गन बोकेर बस्तीमा सांसद
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर । भक्तपुरमा डेंगु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन् ।

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेंगु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनुभएको सांसद बस्नेत औषधिसहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेंगु प्रकोप नियन्त्रणमा सक्रिय भए ।

उनले डेंगु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेंगु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताए । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेंगु फेला परिरहेका छन् । - रासस

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:४७
प्रतिक्रिया दिनुहोस्