site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा भाद्र २५ गतेदेखि सञ्चालनमा आएको छ । 

मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन् । त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेलले गरे । यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहक महानुभावहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:४२
प्रतिक्रिया दिनुहोस्