site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी विदेश नीतिमा ट्रम्पको असर 

हालै बिआर्टिजमा सम्पन्न ‘जी–सेभेन’को बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारलाई धेरै पर्यवेक्षकहरूले विध्वंशक र छुद्र भन्दै आलोचना गरे । अरूले भने सञ्चार माध्यम र पण्डितहरूले ट्रम्पका व्यक्तिगत व्यवहार, ट्विट र राजनीतिक चालबाजीप्रति अनावश्यकरूपमा बढी ध्यान दिएको तर्क गरे । केही समयपछि इतिहासहरूले तिनलाई तमासामात्र ठान्नेछन् भन्ने तिनको तर्क छ । मूल प्रश्न ट्रम्पको राष्ट्रपति काल अमेरिकी विदेश नीतिमा ठूलो परिवर्तनको विन्दु हुनेछ वा सामान्य ऐतिहासिक गल्तीमात्र ठहरिनेछ भन्ने हो ।  

ट्रम्पका सम्बन्धमा भएको वर्तमान विवादले लामो समयदेखि थाती रहेको प्रश्न पुनः उठेको छ : प्रमुख ऐतिहासिक परिघटना मानवको स्वेच्छाका उपज हुन् वा तिनीहरू हाम्रो नियन्त्रणभन्दा बाहिरका मूलतः आर्थिक र राजनीतिक शक्तिबाट उत्पन्न संरचनात्मक पक्षहरूको परिणाम हुन् ? 

केही विश्लेषकहरू नदीको वेगको निर्धारण बगाएर ल्याएको वस्तुले नभई मौसम, वर्षा, भूगर्भ र भौगोलिक धरातलले गरेजस्तै इतिहासको गति पनि होस् भन्ने चाहन्छन् । त्यसो भइहालेछ नै भने पनि मानव जाति भेलले सजिलै बगाएर लैजाने मुढामा चड्दैगरेका कमिला त हैनन् । मानव जाति त उर्लँदो नदीमा र्याफ्टिङ गर्ने क्रममा पहरो छल्दै र कहिले कहीँ पल्टँदै पनि प्रायः वाञ्छित गन्तव्यमा पुग्ने खेलाडीजस्ता हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पको राष्ट्रपतित्वका सम्बन्धमा उठेका प्रश्न बुझ्न बितेको शताब्दीमा अमेरिकी नेताहरूको विदेश नीतिमा छनोट र असफलताका बारेमा जानकार हुनु जरुरी हुन्छ । प्रत्येक कालखण्डमा नेताहरूले आफूले बेग्लै प्रकारको परिवर्तनका बाहकसँग व्यवहार गर्नु परेको ठान्छन् तर मानव प्रकृति त उस्तै रहन्छ । छनोटहरूको अर्थ हुन्छ र केही गर्नुको जस्तै नगर्दाको परिणाम निस्कन्छ । सन् १९३० तिर अमेरिकी नेतृत्वले केही नगर्दा पृथ्वीलाई नर्क बनाउन सहयोग गरेको थियो भने अमेरिकी राष्ट्रपतिले परमाणु हतियार अमेरिकासँग मात्र हुँदा पनि प्रयोग गर्न अस्वीकार गर्दा पनि त्यस्तै भयो ।

यस्ता प्रमुख छनोटहरू परिस्थितिवाट निर्धारित हुन्छन् कि व्यक्तिबाट ? एक शताब्दीपछि फर्केर हेर्दा वुड्रो विल्सनले परम्परा तोडेर अमेरिकी सेना युरोपमा लड्न पठाए तर अर्को नेतृत्व भनौ थियोडोर रुजवेल्टकै नेतृत्व भएको भए पनि त त्यसो भइहाल्थ्यो । आफ्नो कदमको औचित्य सिद्ध गर्न उनले नैतिकरूप दिए र यही नै विल्सनको ठूलो अन्तर थियो । यसैगरी लिग अफ नेसन्स (राष्ट्र संघ) मा सहभागी हुने विषयमा पनि कि त पूरै संलग्न नहुने नभए नहुने अडान प्रत्युत्पादक भयो । कतिपयले सन् १९३० को दशकमा अमेरिकाको निस्पृहतामा फर्कने अभ्यासका लागि विल्सनको नैतिकवादलाई दोष दिन्छन् । 

Global Ime bank

फ्याङ्कलिन डी रुजवेल्ट पनि पर्ल हार्बर आक्रमणभन्दा पहिले अमेरिकालाई दोस्रो विश्वयुद्धमा उतार्न असमर्थ भएका थिए र त्यसपछि त कुनै निस्पृहतावादी कन्जरवेटिभकै नेतृत्वमा पनि अमेरिका युद्धमा संलग्न हुन्थ्यो । यद्यपि, हिटलरले उपस्थित गरेको खतरा र त्यसको सामना गर्न उनले गरेको तयारीका बारेमा रुजवेल्टको प्रस्तुति भने अमेरिकीहरूलाई युरोपको युद्धमा सहभागी हुन तयार गर्न महत्त्वपूर्ण बन्यो ।

दोस्रो विश्वयुद्धपछि दुई महाशक्तिहरूको द्विध्रुवीयताले शीतयुद्धको ढाँचा तयार गरेको थियो । तर, ह्यारी ट्रुम्यानको सट्टारुजवेल्टले सन् १९४४ मा उपराष्ट्रपति नबनाएका हेनरी वालेस राष्ट्रपति हुन्थे भने अमेरिकी प्रतिक्रियाको शैली र समय फरक हुनसक्थ्यो । सन् १९५२ को निर्वाचनमा अलगाववादी रबर्ट टफ्ट वा जुझारू डगलस म्याकअर्थर राष्ट्रपति भएका भए ट्रुम्यानको अपेक्षाकृत सहज सुदृढीकरणको रणनीतिमा अवरोध उत्पन्न हुनेथियो जुन उनका उत्तराधिकारी ड्विट डी आइजनहावरले अगाडि बढाए ।  

क्युबान क्षेप्यास्त्र संकटमा आणविक युद्ध रोक्न र आणविक अश्त्र नियन्त्रण सम्झौता गर्नमा जोन एफ केनेडीको भूमिका महत्त्वपूर्ण रह्यो । तर, उनले र लिन्डन बी जौन्सनले अनावश्यक तथा महँगो भियतनाम युद्धमा मुलुकलाई फसाए । शताब्दीको अन्त्यमा संरचनात्मक शक्तिहरू सोभियत संघको पतनको कारण बने तर मिखाइल गोर्बाचेवले सोभियत पतनको गति र समय तीव्र बनाए । तर, रोनाल्ड रेगनको प्रतिरक्षा तयारी र वार्ता कौशल तथा जर्ज एचडब्लु बुसको संकट व्यवस्थापन कौशलले शीतयुद्धको शान्तिपूर्ण समाप्तिमा उल्लेखनीय भूमिका खेल्यो ।

अर्को शब्दमा, नेता र तिनको कौशलको अर्थ हुन्छ । यसको अर्थ हुन्छ ट्रम्पको व्यवहार सजिलै बेवास्ता गर्न सकिँदैन र एक अर्थमा यो खराब अवस्था हो । संस्थाहरू तथा गठबन्धनलाई कमजोर बनाउने र अमेरिकाप्रति आकर्षित गर्ने मूल्यमान्यतामा आघात पार्ने कार्य उनका ट्विटहरूभन्दा बढी महत्त्वपूर्ण छन् । जनमतले ट्रम्पको नेतृत्वमा सबैमा ह्रास भएको देखाएका छन् । अमेरिकाले दोस्रो विश्वयुद्धपछि निर्माण गरेको उदार अन्तर्राष्ट्रिय प्रणालीबाट विमुख हुने ट्रम्प ७० वर्षमा पहिला राष्ट्रपति हुन् । ट्रम्पको पहिलो रक्षामन्त्रीका रूपमा काम गरेर राजीनामा गर्ने जेनरल जेम्स म्याटिसले गठबन्धनप्रति राष्ट्रपतिको उपेक्षाको हालै आलोचना गरेका छन् । 

राष्ट्रपतिहरूले कठोर (हार्ड) र नरम (सफ्ट) दुवै शक्ति परस्पर विरोधी हैन परिपूरकका रूपमा मिलाएर प्रयोग गर्नुपर्छ । म्याकियावेलियन र संगठनात्मक सीप आवश्यक हुन्छन् तर आत्मचेतना र आत्मसंयमको कौशल विकास गर्ने भावनात्मक बौद्धिकता तथा नेतालाई विकसित हुँदैगरेको परिस्थिति बुझ्ने, प्रवृत्तिहरूलाई आफ्ना पक्षमा उपयोग गर्ने एवं अरू कौशलको प्रयोग गर्ने मौकाअनुसारको बुद्धिमत्ता पनि उत्तिकै आवश्यक हुन्छ । भावनात्मक र समय चेत ट्रम्पका बलिया पक्ष हैनन् ।

नेतृत्वका सिद्धान्तकार गौतम मुकुन्दले स्थापित राजनीतिक प्रक्रियाद्वारा सावधानीपूर्वक छानिएका नेताहरूका सम्बन्धमा अनुमान गर्न सकिने हुन्छ भनेका छन् । जर्ज एच डब्लु बुस यसको राम्रो उदाहरण हुन् । अरू नखारिएकाहरूले पदमा पुगेपछि गर्ने कार्यसम्पादन विविधता पाइन्छ । अब्राहम लिङ्कन अपेक्षाकृत नखारिएका उमेदवार थिए तर उनी अमेरिकामा उत्तम राष्ट्रपतिहरूमध्येका हुन् । राष्ट्रपतिको चुनाव जित्नुभन्दा पहिले कहिल्यै सार्वजनिक पदमा नबसेका र न्यु योर्क घरजग्गा व्यवसाय तथा टेलिभिजन कार्यक्रमबाट राजनीतिमा प्रवेश गरेका ट्रम्पले परम्परागत बौद्धिकताको मान्यताविपरीत आधुनिक सञ्चार माध्यमको सञ्चालनमा पोख्त भएको प्रमाणित गरेका छन् । केही उनको यो कौशलले चीनसँगको सम्बन्धजस्तै सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने ठान्छन् भने अरू शंकालु छन् ।

इतिहासमा ट्रम्पको भूमिका उनी पुनःनिर्वाचित हुन्छन् कि हुँदैनन् भन्नेमा निर्भर गर्छ । उनी चार वर्षको साँटो आट वर्ष सत्तामा रहे भने संस्थाहरू, विश्वास र प्रेरक पक्ष (सफ्ट पावर) मा क्षय हुनेछ । परन्तु, दुवै अवस्थामा उनका उत्तराधिकारीले आंशिकरूपमा ट्रम्पका नीतिहरूको प्रभाव तथा विश्व राजनीतिमा भएको ठूलो संरचनात्मक शक्ति परिवर्तनका कारण पूर्वमा एसियाको उदय तथा पश्चिमा पनि सरकारी र कृत्रिम बौद्धिकता र साइबर दुनियाका कारण सशक्त भएको गैरराज्य पक्षका पात्रहरूका कारण बेग्लै संसारको सामना गर्नुपर्नेछ । कार्ल माक्र्सले पर्यवेक्षण गरेजस्तै हामी इतिहास त बनाउँछौँ तर आफूले छानेको सर्तमा हैन । ट्रम्पपछिको अमेरिकी विदेश नीति एउटा खुला प्रश्न रहिरहनेछ ।

(हार्वर्डमा प्राध्यापक)
( बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य )

Copyright: Project Syndicate, 2019.


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC