site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेगा क्यापिटल मार्केटस् सिंगटी हाइड्रोको बिक्री प्रबन्धकमा नियुक्त
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मेगा क्यापिटल मार्केटस् सिंगटी हाइड्रो इनर्जीको प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । सम्झौता पत्रमा हाइड्रो इनर्जी कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केटस्का प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरे ।

सिंगटी हाइड्रो दोलखाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको जलविद्युत आयोजना हो । सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता सेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । 

जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC