site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा यसरी भइरहेको छ ‘राम’ बदनाम
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा हिन्दुहरुले आपसमा अभिवादन गर्दा भगवान रामको नाम पनि  लिने गर्छन् । तर , पछिल्ला वर्षहरुमा रामको नाम हत्या र आक्रमणका घटनामा प्रयोग हुन थालेको छ । गएको महिना एउटा डरलाग्दो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  त्यहाँ झारखण्डका एक मुश्लिम आफ्नो ज्यान जोगाउनका लागि अनुरोध गरिरहेका थिए । ताब्रेज अन्सारी नामका उनलाई आक्रमण गर्नेले पटक पटक ‘जय श्री राम’ भन्ने नारा लगाउन दबाब दिइरहेका थिए ।  तर अन्सारी त्यस्तो नारा लगाउन अस्वीकार गरिरहेका थिए । 

भीडले उनलाई आक्रमण गर्यो र प्रहरीलाई हस्तान्तरण गरियो । उनलाई प्रहरीले थुन्यो र परिवारका सदस्यले पनि भेट्न पाएनन् । आक्रमणका कारण भएको चोटबाट उनको चार दिनपछि मृत्यु भयो । 

अन्सारी मात्रै एक्ला मान्छे होइनन् । जुन महिना भारतका मुश्लिमहरुका लागि रक्तपातपूर्ण रह्यो । यो महिनामा उनीहरुलाई यस्ता आक्रमणमा पारिएको थियो । आसामको उत्तरपूर्वमा रहेको बर्पेता जिल्लामा भर्खरका मुश्लिम युवाहरुलाई दुर्व्यवहार गरियो । उनीहरुलाई ‘जय श्री राम’ भन्ने नारा उच्चारण गर्न लगाइयो । उनीहरुलाई ‘भारत माताकी जय’ भन्ने नारासमेत लगाउन लगाइयो । ‘पाकिस्तान मुर्दावाद’ पनि भन्न लगाइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यापारिक राजधानी पनि भनिने मुम्बइमा २५ वर्षे ट्याक्सी ड्राइभरलाई दुर्व्यवहार गरियो, कुटियो र ‘जयश्री राम’ भन्न लगाइयो । सो घटनामा  केही मानिसहरु सामेल थिए । फैजल उस्मान खानले भने,‘‘उनलाई आक्रमण गरियो र ट्याक्सी पनि फुटाइयो । उनी जब ट्याक्सी मिलाउन लाग्दैथिए एक यात्रुले प्रहरीलाई भनेपछि उनीहरु भागे । 

कोलाकाताको पूर्वी शहरमा स्थानीय मदर्साका शिक्षक २६ वर्षीय हफीज मोहम्मद शाहरुख हल्दर रेल चढ्न लागेका थिए । उनलाई ‘जय श्री राम’ नारा लगाउँदै केही मानिसले धक्कामुक्का गरेका थिए । उनले पत्रकारलाई भनेअनुसार उनीहरुले कपडा र दाह्रीलाई लिएर जिस्क्याउनुका साथै उनलाई ‘जय श्री राम’ भन्न लगाएका थिए । जब उनले अस्वीकार गरे, उनीहरुले कुदिरहेको रेलबाट उनलाई बाहिर फालिदिएका थिए । हल्दर घाइते भएका छन् ।

Global Ime bank

त्यस खालको नारा लगाउने र मान्छेलाई धक्कामुक्का गर्ने कार्यलाई अझै रोक लगाइएको छैन । यो विषय अहिले संसदमा पनि प्रवेश गरेको छ  । जब तल्लो सदनका नवनिर्वाचित सांसदले १७ जुनका दिन मुश्लिम र विपक्षी सांसदहरुलाई पनि यस्तै व्यवहार गर्न खोजेका थिए । उनीहरु प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीका हुन् । शपथ ग्रहण लिन उठेका बेलामा ती सांसदले त्यस्ता गतिविधि देखाएका थिए । 

विपक्षी दलहरुले अल्पसंख्यकमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । प्रमुख विपक्षी दल कांग्रेस आईको नेताबाट राजीनामा दिनुअघि राहुल गान्धीले ताब्रेज अन्सारीमाथि भएको आक्रमणलाई मानवतामाथिको कालो धब्बाको रुपमा व्याख्या गरेका थिए । धेरै आलोचकहरु, त्यसमा कार्टुनिस्ट सतिश आचार्यपनि छन् उनले यस्ता घटना बढ्दै गएकोमा सचेत रहन आग्रह गरेका छन् ।

उत्तर भारतका गाउँमा अभिवादनका क्रममा हिन्दु धर्माबलम्बीहरुले परम्परागत रुपमा ‘रामराम’, ‘जय सिया राम’ वा ‘जय रामजीकी’ भन्ने गरेका छन् । उनीहरु ठूलो जनसमुदायले आस्था राख्ने भगवानको नाम त्यसरी दुरुपयोग गरिएकोमा चिन्तित छन् । यो नारा पहिलोपटक सन् १९८० को दशकमा भाजपाका नेताले  अयोध्याको राम मन्दिर प्रकरणमा भएको विवादका क्रममा प्रयोग गरेका थिए । सो पार्टीका त्यतिबेलाका अध्यक्ष एलके आडबाणीको नेतृत्वमा  डिसेम्बर १९९२मा सो स्थानमा राम मन्दिर बनाउनुपर्ने भन्दै प्रदर्शन गरिएको थियो ।  

सो प्रदर्शनमा ‘जय श्री राम’ भन्ने नारा लगाइएको थियो । सोही क्रममा सोह्रौं शताब्दीको बाबरी मश्जिद भत्काइएको थियो । राम मन्दिरलाई भत्काएर पहिला बाबरी मश्जिद बनाइएको भन्ने त्यतिबेला भाजपाको दाबी  थियो ।

उक्त  प्रदर्शनले हिन्दु मतदातालाई भाजपाको पक्षमा ल्याउन मद्यत गरेको थियो । त्यही बेलादेखि भारतमा रामलाई राजनीतिमा जोड्ने काम गरिएको  हो । त्यसपछि सो पार्टीले निरन्तर रुपमा राम भगवानको प्रसंग  चुनावको बेलामा उठाउने गरेको छ र सन् २०१९पनि अपवाद हुन सकेन ।
आलोचकहरुले भाजपाले अल्पसंख्यकहरुलाई सताइरहेको र गएको अप्रिल र मे महिनामा भएको चुनावको क्रममा पनि यो देखिएको बताउँदै आएका छन् ।

भाजपाले लोकसभाका  कूल ५४३ सिटमा ३०० भन्दा बढी जितेको थियो । जसले मोदीको दोस्रो कार्यकाललाई सुनिश्चित गरेको हो । मोदीको पहिलो कार्यकाल अल्पसंख्यकहरुमाथिको हिंसाको समयको रुपमा चिनिएको थियो । थुप्रै घटनाहरु सो क्रममा भएका थिए । मुश्लिम समुदायलाई तथाकथित ‘काउ भिजिलान्ते’ बाट आक्रमण गरिएको थियो । उनीहरुले गाइको मासु खाएको त्यतिबेला हल्ला फैलाइएको थियो । उनीहरुले गाइको तस्करी गरेको आरोप समेत लगाइएको थियो । धेरै हिन्दुहरुले गाइलाई पुज्ने गरेका छन् ।

प्रधानमन्त्री मोदीले यस्ता कुरा स्वीकार गरेका थिएनन् । बरु उनीहरुलाई निन्दा नगरिएकोमा आलोचना गरेका थिए । गएको मे महिनामा भाजपाको चुनावी विजयपछि मोदीले आफ्नो पहिलाको नारा ‘सबका साथ सबका विकास’मा ‘सबका विश्वास’ पनि थपेका थिए । उनले यो अवस्था फरक भएको सन्देश दिन खोजेको देखिएको छ । 
ताब्रेज अन्सारीको मृत्युको केही दिनपछि उनले संसदमा बोल्दै आफूलाई दुःखी बनाएको जनाएका थिए । गलत काम गर्नेलाई सजाय दिइने समेत जनाएका थिए । 

तर, धेरै भारतीयहरुले शंका व्यक्त गरिरहेका छन् कि यस्ता गतिविधि गराउनेलाई सायद नै कारवाही हुनेछ । केही दर्जन सामूहिक आक्रमणबाट मानिस मारिएका छन् र २०१४ पछि सयौं घाइते भएका छन् । तर, केही घटनामा मात्रै कारवाही प्रक्रिया अघि बढेको छ । 

अन्यमा अभियुक्त ठानिएकाहरु प्रमाणको अभावमा छुट्ने गरेका छन् । कतिपयलाई मोदीको पार्टीका मान्छेले सम्मान गरेको समेत देखिन्छ ।  भाजपाका नेताहरुले यस्ता घटनालाई सानो विषय भनेर सामान्यीकरण गरेको पाइन्छ । र, उल्टै सरकारलाई बदनाम गर्न खोजिएको समेत आरोप लगाउने गरेका छन् । 
(बीबीसीका दिल्ली संवाददाता गीता पाण्डेको रिपोर्टमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC