site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
“मधेसी मोर्चा सरकारमा सहभागी हुँदैन”
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताएका छन् । 
 
रिपोटर्स क्लबद्वारा शुक्रबार आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भने “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै अब बन्ने सरकारलाई सहयोग गर्न सकिन्छ ।” 
 
सरकार निर्माणबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच भएको सात बुँदे सहमतिमा मधेसी मोर्चा सकारात्मक हुँदाहुँदै कार्यान्वयनमा शङ्का उत्पन्न भएको अध्यक्ष महतोको भनाइ छ । रासस 
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १६:१७
प्रतिक्रिया दिनुहोस्