site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच गर्न 'भटभटे एप'
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरमै बसेर सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्न र बेच्न सक्ने गरी एएम नेपाल प्रालीले 'भटभटे एप' प्रयोगमा ल्याएको छ । यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधा बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओजस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला केवल मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी 'भटभटे एप' विकास गरिएको बताइएको छ ।

" 'भटभटे एप' प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्न किन्न सकिन्छ, रिकण्डिसन हाउससम्म धाउन पर्दैन,” एएम नेपाल प्रालीका महाप्रबन्धक खेमराज देवकोटाले भने । यो बाइक किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रबन्धक देवकोटाले प्रष्ट गरे । उपत्यकामा मात्रै झण्डै नौ लाख २१ हजार नौ सय १७ मोटरसाइकलको संख्या रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्मार्ट एन्ड्रोइड फोन हुनेले गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर 'भटभटे एप' निशुल्क डाउनलोड गरी इन्स्टल गर्न सक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताए । हाल यो निुशल्क छ । करिब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले बाईक पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क लाग्‍ने जनाएको छ ।

“सहज, कम मूल्य र सजिलो सवारी साधनको रुपमा रहेको मोटरसाइकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा  चाहेको मूल्यको मोटरसाइकल किन्न सहज हुनेछ,” व्यवस्थापक पाण्डेको भने ।

Global Ime bank

हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीको लागी राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC