site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एकल बिन्दु सेवा केन्द्र सुरू भएपछि उद्योगी उत्साहित

काठमाडौं । व्यवसायीहरु सरकारले सुरु गरेको एकल बिन्दु सेवा केन्द्रको व्यवस्थाबाट उत्साहित बनेका छन् । सरकारले केन्द्रको स्थापना र सञ्चालन प्रारम्भ गरेको उद्योगी व्यवसायीले आफ्नो माग पूरा भएको बताएका हुन् ।

नेपाल उद्योग परिसंघले बुधबार एक विज्ञप्ति जारी गरेर व्यवसायीहरु खुसी भएको जनाएको छ । औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधान अनुसार धेरै वर्षपछि विशेषतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा उद्योग विभागको परिसरमा रहने गरी व्यवस्था गरिएको यस केन्द्रमा विभिन्न ठाउँमा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकै स्थानबाट उद्योग दर्ता, कम्पनी रजिस्ट्रेसन, विदेशी लगानीकर्ताको लागि भिसा प्रक्रिया, वातावरणीय मूल्यांकन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, पूर्वाधार, जग्गा, प्रशासन, निर्यात, भन्सार, राष्ट्रिय बैंकसमेतका शाखा रहने गरी व्यवस्था गरिएको यो केन्द्र नेपालको लागि नौलो प्रयोग हो ।

यसको व्यवस्थित सञ्चालन, समन्वय, निर्णयमा तदारुकता अन्तरसरकारी निकायहरुबीच समझदारीसहित लगानीकर्तालाई तोकिएको समयमा सेवा उपलब्ध गराउन यो केन्द्र प्रभावकारी एवं लगानीकर्ता आकर्षित हुने विश्वास परिसंघले लिएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारी निकायको झन्झटीलो प्रक्रियाका कारण हैरानी भएका लगानीकर्ता यस एकल बिन्दु सेवा केन्द्रको स्थापनापछि यसको प्रभावकारी सञ्चालनबाट उत्साहित भएर आएका स्वदेशी एवं विदेशी लगानीकर्ताहरु आउँदा दिनमा हतोत्साहित हुने अवस्था नआउने अपेक्षा परिसंघले लिएको छ ।”

फाइल तस्बिर

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्