मार्दी ट्रेकमा गएका जापानी पर्यटकको मृत्यु

मार्दी ट्रेकमा गएका जापानी पर्यटकको मृत्यु

पोखरा । मार्दीे हिमाल ट्रेकिङमा गएका जापानी पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । ६४ वर्षे नाजासावा मजासी भिरबाट ८ सय मिटर तल खसेका थिए ।

उनीसँगै गएका अन्य पर्यटकहरुले मृत्युको जानकारी दिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । ६ जनाको टोली चैत १ गते हिमालयन शेर्पा एड्भेन्चर कम्पनीबाट ट्रेकिङमा गएका थिए । उक्त टोलीमा २ जना नेपालीसमेत थिए ।

यता, मृत्यु भएका मजासीको उद्धार भने भोलि शुक्रबारमात्रै हुने भएको छ । प्रदेश प्रहरी प्रवक्ता पुरीका अनुसार मार्दी क्षेत्रमा खराब मौसमका कारण आज उद्धार गर्न नसकिएको हो । शुक्रबार मौसम खुलेपछि हेलिकप्टरमार्फत उद्धार गरिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad