site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्माण कालिगढले गरे रिद्धिसिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन

काठमाडौं । निर्माण कालिगढले रिद्धिसिद्धि सिमेन्ट र जगदम्ब स्टिलको फ्याक्ट्री अवलोकन गरेका छन्। 

स्वतन्त्र निर्माण कालिगढ संघ भक्तपुरको आयोजना र रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टील र राईनो फलामे डन्डीको सहयोगमा भवन निर्माण गर्नका लागि उत्पादन हुने सिमेन्ट र डण्डी के कस्तो कच्चा पदार्थ प्रयोग र मिश्रण गरि उत्पादन गरिन्छ भन्नेबारे कालिगढले अवलोकन गरेका हुन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कालिगढले ती उत्पादन सामग्रीको प्रयोग कसरी गर्दा भवन निर्माण बलियो र किफायती हुन्छ भन्ने जानकारी लिएका थिए। 

त्यसैगरी निर्माणप्रति बढी सचेत बनाउने विषयमा भक्तपुर स्वतन्त्र निर्माण कालिगढ संघका अध्यक्ष राम शरण वरुवाल र राइनो फलामे डण्डीका कार्यकारी निर्देशक आनन्द नेपालले जानकारी दिएका थिए।
 

प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १४:२३
प्रतिक्रिया दिनुहोस्