site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बगरखेतीबाट वार्षिक ८ लाख आम्दानी

नारायणपुर । लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आएका छन् । उनी बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।  उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो । 

दश वर्षदेखि बगरखेती गर्दै आएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आएका छन् । “यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन्”, चौधरीले भने, “अहिले बगरनै हरियाली भएको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारीले खेती गर्ने तरिका सिकाए पछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा यहाँका अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीको राप्तीगाउँपालिका, गढवा गाउँपालिका र लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको संस्थाका अध्यक्ष दिलीपराज खनालले बताए । अहिले बगरखेती र डेरी परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् । 

कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनाल बताउँछन् ।  “बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ”, उनले भने । सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १३:०३
प्रतिक्रिया दिनुहोस्