site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालले बेलायतबाट सिक्नुपर्ने पाठ
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
कुनै पनि राष्ट्रिय सबालमा विवाद भयो भने हामीकहाँ त्यसमा संसद्ले निर्णय गर्छ । सांसदहरू नै निर्णायक हुन्छन् । हामीकहाँ जनताले चुनेर पठाएका सांसदले चाहेअनुसार परिवर्तन भयो । तर पश्चिमा राष्ट्रमा राष्ट्रिय महत्वका प्रमुख विषयमा निर्णय गर्दा जनताको अभिमत बुझ्ने चलन छ । जनप्रतिनिधिको पनि आआफ्नै सोच हुन सक्छ । संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा त जनताको राय बुझ्न जनमतमा जाने प्रचलनै छ । यसभन्दा अघि स्कटल्यान्ड ब्रिटेनभित्र रहने कि नरहने भन्ने विषयमा पनि जनमत लिइयो । केही प्रतिशत बढीले हामी ग्रेट ब्रिटेनमै रहन्छौँ भने । हुनत, यो निर्णय संसद्मा सांसदहरूले नै गर्न सक्थे । जनताले चुनेर पठाएका प्रतिनिधिले पनि मतदानबाट टुंगो लगाउन सक्थे । तर जनता निर्णायक हुनुपर्छ भन्ने मान्यताका कारण उनीहरू जनतामा गए ।
 
यसपटक अधिकांश सांसद ईयुभित्रै रहनुपर्छ भन्ने पक्षमा थिए । संसद्मा मतदान भएको भए ईयुबाट ब्रिटेन बाहिरिनुपर्छ भन्नेमा बहुमत हुने थिएन । तर जनतामा गएकाले बहुमत बाहिरिने पक्षमा देखियो ।
बेलायत ईयुमा रहँदा के हुन्थ्यो, नरहँदा के हुन्छ ?
 
मुख्यतः दुईवटा कुरा छन् । एउटा, जब ईयु विस्तारित हुँदैगयो पूर्वी युरोपिय राष्ट्र समावेश हुँदै गएर २८ राष्ट्र पुगे । उनीहरू पनि स्वतन्त्र भए । ईयुभित्र जुन देशको मानिस जहाँ गएर पनि काम गर्न सक्ने भए । यस्तो हुँदा पोल्यान्डलगायतका पूर्व कम्युनिस्ट मुलुकका जनताले पनि ईयुभित्र जहााँ गएर पनि काम गर्न पाउने भए । जहाँ गएर पनि बस्न पाउने भए, सन्तानलाई पढाउन पाउने भए । ठुलो संख्यामा मानिसहरू सम्पन्न देशतिर आउन थाले ।
 
ब्रिटेन, जर्मनी, फ्रान्सलगायतका मुलुकमा ओइरिन थाले । त्यो एकहदसम्म त ब्रिटिस जनतालाई राम्रै थियो । उनीहरूलाई कामदार चाहिएको थियो । केही बर्षसम्म ठीकै भयो । तर ईयुमा समावेश हुने राष्ट्रको संख्या बढ्दै गएपछि त आप्रवासीको ओइरै लाग्यो । पछि उनीहरूलाई के लाग्न थाल्यो भने यिनले त हाम्रो रोजगारी पो सबै खोस्न थाले । हाम्रो स्कुलमा सबै उनैका बच्चा पढ्न थाले । अस्पतालमा गयो पहिला एक घन्टामा डाक्टरले जाँच गथ्र्यो भने अब मानिसको चापले ६ घन्टा कुर्नुपर्ने भयो ।
 
ईयुभित्र भएका कारण व्यक्तिगत जीवनयापन कठिन हुन थाल्यो । उनीहरूलाई ईयुमा जागिर कम पाइने कम, सुविधा पाउन कम हुने, अर्थात् फाइदाभन्दा बेफाइदा बढी भयो भन्ने लाग्यो । खासगरी पाका मानिसहरूले यस्तो बढी ठान्न थाले । उनीहरूमा राष्ट्रवादी भावना बढ्यो । एउटा ठूलो लहर आयो । युवाभन्दा बढी प्रौढहरू त्यसबाट बढी प्रभावित भए । सबै निर्णय ब्रसेल्सबाट हुन थाल्यो । त्यसैले धेरैलाई अब ईयुमा रहनुहुँदैन भन्ने लागेको हो ।
 
अब बेलायत कमजोर होला ?
बेलायत कमजोर हुँदैन । तपार्इँ नयाँ वानेश्वरमा बसिरहनुभएको छ र त्यहाँबाट गोदावरी सर्नुभयो भने नयाँ वानेश्वरको कोलाहल र भिडभाड तथा गोदावरीको एकान्तमा पक्कै पनि फरक हुन्छ । त्यसमा अभ्यस्त हुन समय लाग्छ । तर, वानेश्वरबाट गोदावरी सर्दा जीवन नै डाँवाडोल त हुँदैन । सुरुमा केही गाह्रो होला । फुत्त निस्कनासाथ दूध नपाइएला, पसल, अस्पताल नपाइएला तर बिस्तारै बानी पर्छ । यो अहिले देखिएको असर क्षणिक हो । यो फरक एकैदिनमा हुँदैन । अहिले नै बाहिरिने पनि होइन । केही समय लाग्छ । दुई वर्ष अझै लाग्छ । सबै प्रक्रिया पूरा गरेर दुई वर्षमा बाहिरिने हो ।
रातारात परिवर्तन हुँदैन । समय लाग्छ । युरोपेली संघबाट बाहिरिँदा मानिसहरू आत्तिनु, केही सामग्रीको भाउ बढ्नु स्वाभाविकै हो । तर, नेपालमा सुनको भाउ बढ्नु त्यो एउटा कारकमात्रै हो ।
 
संसद्मा मतदान भएको भए अर्कै हुन्थ्यो
मान्छे भन्छन् – संसद्मा मतदान भएको भए ब्रिटेन ईयुबाट बाहिरिँदैनथ्यो । अधिकांश सांसद् ईयुमै रहनुपर्छ भन्ने पक्षमा थिए ।
 
त्यसोभए जनताको आवेग, उत्तेजना र आक्रोशले काम गर्यो त ?
उत्तेजना, आवेगभन्दा पनि राष्ट्रियताको भावना अलिकति बिस्तारै बढ्दै गएको थियो । आप्रवासी बढी भए भन्ने भएको थियो । म सन् १९९२ मा बीबीसीमा जाँदाको सम्झना हुन्छ । घरमा काम लगाउने मान्छे प्लम्बर, इलेक्ट्रिसिटियन भारतीय मूलका मात्रै हुन्थे । ती पनि भारतबाट आएका भन्दा युगान्डा, केन्याका भारतीय थिए । उनीहरू त्यहाँबाट धपाइएपछि ब्रिटेनको पनि नागरिक भए । त्यस्ता मान्छेमात्रै काम गर्थे । अहिले टोल टोलमा घरघरमा पूर्वी युरोपेलीको ताँती नै लाग्छ ।
ब्रिटिसहरू बिरलै पोल्यान्ड गएर बसोवास गर्छन् । तर इस्टोनिया, पोल्यान्डलगायतका देशबाट मानिसहरू ब्रिटेनमा ओइरिएका छन् । त्यसलाई पहिले रोक्न सकेनन् । रोक्न पनि दिइएन । ब्रिटेनले संख्या तोक्न चाहेको थियो तर ईयुले त्यसलाई ‘ओभररुल’ गरिदियो । त्यसले गर्दा लागु हुन सकेन । अनि त्यहाँका मानिसमा निराशा बढ्यो ।
 
बेलायतबाटै सिकेको मुलुक नेपालमा विवादका विषयमा जनमत संग्रह किन हुँदैन ?
 
विधेयकहरू पारित गर्ने, संसद्ले गर्ने आफ्ना काम हुन्छन् । त्यो संसद्ले गर्छ । तर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षजस्ता राष्ट्रिय महत्वका विषयहरू सामान्य विधेयक पास गर्नु, ऐन कानुन बनाउनुजस्ता त होइनन् । यस्ता विषयमा निर्णय गर्न जनतामा जानुपथ्र्यो । जनताको राय लिनुपथ्र्यो भन्ने धेरै मानिसको मुखबाट नेपालमा मैले पनि सुनेको छु ।
 
दोस्रो जनआन्दोलन ०६२/६३ मा मानिसहरू एउटा परिवर्तनका लागि बाहिर आएका थिए । एउटा पद्धतिलाई फेर्न आए । तिनीहरू राजतन्त्रको पक्षमा थिए/थिएनन् ? तिनीहरू गणतन्त्रको पक्षमा थिए/ थिएनन् ? संघीयताको पक्षमा थिए/थिएनन् ? भन्ने कसैले भन्न सक्दैन । त्यो एउटा व्यवस्था परिवर्तन गर्ने कुरा थियो । जनप्रदर्शनमा कति मान्छे निस्किए त ? त्यहाँ १ लाख निस्किए, २ लाख निस्किए, ५ लाख निस्किए । देशभरबाट २५ लाख निस्किए होलान् तर तीन करोड जनता त सडकमा निस्किएका थिएनन् नि । बाँकी जनताको धारणा पनि बुझ्नुपथ्र्यो ।
 
जनादेश र मतादेशको फरक
कुनै चिज मतादेशले निक्र्योल गर्नुपर्छ । कुनै जटिल विषयमा जनादेशले निक्र्योल गर्नुपर्छ भन्ने मान्यता पश्चिमा देशमा छ । त्यो नेपालमा अझै लागु हुनसकेको छैन ।
 
(सुमन खरेलले बीबीसी नेपाली सेवामा २३ वर्ष, रेडियो नेपालमा ७ वर्ष बिताएका हुन् । उनी हाल बीएफबिीएस रेडियो र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘सुमनसँग’ कार्यक्रममा आबद्ध छन् । खरेलसँग बाह्रखरीका लागि बलराम पाण्डेले गरेको कुराकानीमा आधारित )
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७३  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC