site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटारमा सत्तापक्ष/विपक्षी चर्काचर्कीः एमालेले भन्यो–संविधान संशोधन प्रस्ताव संसद्मा पेश हुनै दिन्नौं, प्रधानमन्त्रीले भने–अहंकार र दम्भ नदेखाउनुस् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन बसेको प्रमुख तीन राजनीतिक दलको बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित दोस्रो तहका नेताहरु पनि बैठकमा सहभागि थिए । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याउने संशोधन प्रस्ताव पनि संसद्मा पेश हुन नदिने चेतावनी दियो भने प्रधानमन्त्रीले पनि एमालेलाई अहंकार र दम्भ नदेखाउन चेतावनी दिए ।
एमालेले संविधान संशोधन राष्ट्रहितमा नरहेको भन्दै अहिले निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको थियो ।  
“प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा कुरा राख्नुभयो,” नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले बैठकपछि पत्रकारहरुसँग भने, “हामीले अहिले संविधान संशोधन प्रस्ताव नेपाली जनता र नेपाल राष्ट्रको हितविपरित हुने भएकाले दर्ता नगर्नुस् भनेर भन्यौं । किनकी यो संविधानले कसैलाई विभेद गरेको छैन ।”
रावलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेमा संसद् र बाहिरबाट पनि विरोध गर्ने चेतावनी एमालेले दिएको बताए ।
“सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्यो भने संसद् र बाहिरबाट विरोध गर्छौं,” उनले भने, “विमलेन्द्र निधिले संविधान संशोधनका लागि तीन बुँदे सहमति गरेका छौं । संशोधन प्रस्ताव दर्ता गराउँछौं भनेर भन्नुभयो । तर हामीले चुनाव नगरेर संविधान संशोधनको कुरा गरेर मुठभेडको अवस्थामा नलैजानुस् भनेर भनेका छौं ।”
नेकपा एमालेले बैठकमा संसद्का थोरै सदस्यले संविधान संशोधनको माग गर्दा संशोधन हुनैपर्ने तर एमालेजस्तो ठूलो पार्टीले संशोधन नगरौं भन्दा किन गर्नुपर्ने ? भन्दै प्रश्न गरेका थिए ।
“थोरै सदस्यले संविधान संशोधनको माग गर्दा संविधानको स्वीकारोक्ति फराकिलो हुने तर एमाले जस्तो ठुलो पार्टीले नगरौं भन्दा कसरी संविधानको स्वीकारोक्ति फराकिलो नहुने हुन्छ ?,” रावलको प्रश्न थियो ।
रावलका अनुसार एमालेले आफ्नो अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘तपाईंहरुको कुुरा अलि अहंकारजस्तो लाग्यो’ भनेका थिए ।
“प्रधानमन्त्रीले तपाईंहरुको कुरा अलि अहंकारजस्तो लाग्यो भनेर भन्नुभयो,” रावलले भने, “संविधान कार्यान्वयनमा सहयोग पुग्छ भनेर पहिले नै संशोधन गरियो तर मोर्चाले स्वीकार गरेन । अहिले फेरि यो पुगेन भनेर भनेको छ कसरी विश्वास गर्ने ?”
बैठकपछि कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधीले सीमांकनको बारेमा एमालेले पहिले ल्याएको प्रस्तावमा जाउँ न त भन्दा पनि अहिले नमानेको बताए ।
“सरकारले आफ्नो तर्फबाट कुरा राख्यो, एमालेले संविधान संशोधन आवश्यकता छैन भनेर भन्यो,” निधीले भने, “एमालेले  सुरुमा ल्याएको सीमांकनको प्रस्ताव फेरि त्यही गरौं भन्दा अहिले मानेन । एमालेले नमाने पनि मोर्चाका नेताहरुसँग बुधबार छलफल गरेर संशोधन प्रस्ताव दर्ता गर्छौं ।”
माओवादी केन्द्रका नेता बर्षमान पुनले सोमबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकस्मात परिवर्तन भएको बताए ।
“यसअघिका छलफलमा एमाले अध्यक्ष केपी ओली सकारात्मक हुनुहुन्थ्यो,” पुनले भने, “सरकारका तर्फबाट संशोधन प्रस्ताव दर्ता गर्नु अनि हामी छलफल गरौंला भनेर पहिलेदेखि नै भन्नुभएको थियो । तर आज एमालेले अकस्मात आफ्नो पोजिसन चेन्ज गर्यो । एमालेले संविधान संशोधन दर्ता गर्न पनि दिँदैनौं भनेको छ । यसमा हामी स्तब्ध भएका छौं । यो एमालेको अहंकार र दम्भ हो ।”
प्रधानमन्त्रीले संविधान कार्यान्वयनका सन्दर्भमा तीन दल एकठाउँमा उभिउँ भनेर राखेको प्रस्तावमा पनि एमालेको अरुची देखिएको पुनको भनाई थियो ।
उनले पनि एमालेले सहयोग नगरे पनि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताए । “संविधान संशोधन नगरी चुनाव गर्न सक्ने अवस्था छैन,” पुनले भने,“संविधान संशोधन गरेर हिमाल, पहाड र तराईलाई जोड्छौं । तर केही दिन लम्विन सक्छ ।”
 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC