site stats
राजनीति
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । 

उनी आज साँझ काठमाडौँ आइपुग्नुभएको हो ।  

S.A.U
Agani Group

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । 

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

Global bank

भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २२:५१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय